प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वास्थ्यमा मात्र नभई राजनीतिक क्षेत्रमा पनि कोरोना संक्रमण देखिएको प्रतिक्रिया दिएका छन् ।
प्रदेशसभाको आठौं अधिवेशन तथा बजेट अधिवेशनको पहिलो बैठकलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले राजनीतिको कोरोनाले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई निलेको बताए ।
उनले त्यसको असर अझै पनि बाँकी रहेको बताए । उनले राजनीतिको कोरोनाबाट प्रदेश १ पनि ग्रसित रहेको बताए । दुवै खालका कोभिडबाट पाठ सिकेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले बताए ।
उनले आफूले प्रदेशसभालाई छलेको नभई कोभिड महामारीका कारण बैठक नबोलाएको बताएका थिए ।
प्रतिक्रिया