Logo

आजदेखि १० जिल्लामा निषेधाज्ञा थपियो



कोभिड १९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि आजदेखि थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञाको अवधि सकिएका १० जिल्लामा सम्बन्धित जिल्ला प्रशासनले आजदेखि निषेधाज्ञा थप गरेको गृह मन्त्रालयले जनाएको छ ।

बाँके, मोरङ, गुल्मी, बझाङ, कपिलवस्तु, ताप्लेजुङ, धनुषा, डोल्पा, म्याग्दी, सर्लाही जिल्लामा आजदेखि निषेधाज्ञाको अवधि सकिएको थियो । यी जिल्लामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ ।

अहिलेसम्म मनाङ र खोटाङबाहेक अरू ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । सप्तरी र ताप्लेजुङमा भने निश्चित क्षेत्र तोकेर आंशिक निषेधाज्ञा छ ।

मंगलबारदेखि अरू १० जिल्लामा पनि विभिन्न मितिमा लगाइएको निषेधाज्ञा सकिँदैछ । 

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  ४ : ५० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।