Logo

खेलकुद

खेलाडी–प्रशिक्षक विवाद : छानबिन गर्न एन्फाद्वारा तीन सदस्यीय समिति गठन



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीहरुबीचको विवादबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठक पूर्व नेपाली अन्तर्राष्ट्रिय तथा नेपाली सेनाका सेवानिवृत्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा समिति गठन गरेको हो । समिति सदस्यमा पूर्व नेपाली अन्तर्राष्ट्रिय विदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा छन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीसँग आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा खेलाडीसँग खटपट भएको भन्दै १० खेलाडीले प्रशिक्षण छोडेका थिए । त्यसपछि खेलाडीहरूले एन्फालाई छानबिनका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आईतवार १७:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।