Logo

खेलकुद

आईपीएल : गुजरात बन्यो प्लेअफमा पुग्ने पहिलो टीम



मुम्बई । इन्डियन प्रीमियर लीग आईपीएल २०२२ मा मंगलबार राति सम्पन्न प्रतियोगितामा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई नराम्ररी परास्त गरेको छ ।

यो ठूलो जीतसंगै गुजरातको टीम आईपीएल २०२२ को प्लेअफमा पुग्ने पहिलो टीम बन्न सफल भएको छ । आफ्नो पहिलो सीजन मै गुजरात टाइटन्सले उत्कृष्ट प्रदर्शन गरेर इतिहास रच्न सफल भएको हो ।

गुजरात टाइटन्सले पहिला ब्याटिङ गर्दै केवल १४४ रन बनाएको थियो, जसलाई ठूलो स्कोर मानिएको थिएन । यद्यपि, लखनउ सुपर जाइन्ट्सको टीमले यो मध्यम स्कोरसमेत हासिल गर्न सकेन र ब्याट्सम्यानहरुले पूर्ण रुपले घुँडा टेकिदिए ।

लखनउ सुपर जाइन्ट्स केवल ८२ रनको स्कोरमै अलआउट भयो र गुजरातले ६२ रनले यो खेल जित्न सफल भयो ।

मंगलबारको खेलमा हार्दिक पाण्ड्याले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । टीमलाई साहाको रुपमा प्रारम्भिक झट्का लागेको थियो, तर शुभमन गिलले एकातिरबाट मोर्चा सम्हालिरहे । गिलले ६३ रनको इनिङ खेले र २० ओभरसम्म नै क्रीजमा टिकिरहे । पिचमा बल सुस्त गतिमा आएका कारण रन बनाउन सहज थिएन । यही कारणले गुजरातले ठूलो स्कोर बनाउन सकेन । डेविड मिलरले २६ रन बनाए ।

लखनउ सुपर जाइन्ट्स ८२ रनमा समेटिएसंगै ब्याट्सम्यानहरुको अवस्था बुझन् सकिन्छ । १९ रनको अवस्थामा लखनउका क्विन्टन डि कक आउन भएका थिए । त्यसपछि विकेट पतन हुने क्रम रोकिएन । तीन जना खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सके ।

लखनउका डि ककले ११, दीपक हुड्डाले २७ तथा आवेश खानले १२ रन बनाए ।

गुजरात टाइटन्सको तर्फबाट राशिद खानले चार विकेट लिए भने यश दयाल तथा साई किशोरले दुई दुई विकेट लिए ।

यस्तो छ प्लेअफको गणित

गुजरात टाइटन्सले अहिलेसम्म आईपीएलमा १२ खेल खेलेको छ, जसमा ९ खेलमा जीत हासिल गरेको छ भने तीन वटा खेल हारेको छ । १८ प्वाइन्टसंगै गुजरात टाइटन्स प्लेअफका लागि क्वालिफाई भएको हो । अब प्लेअफमा तीन वटा टीमका लागि मात्र स्थान छ।

यी तीन स्थानका लागि लखनउ सुपर जाइन्ट्स सबैभन्दा ठूलो दावेदार हो । लखनउको १६ प्वाइन्ट छ । उसका दुई खेल बाँकी छन् । यस्तो स्थितिमा एउटा जीतले नै लखनउको स्थान सुरक्षित हुनेछ । लखनउबाहेक बैंग्लोर, राजस्थान, दिल्ली, पञ्जाब, चेन्नई तथा कोलकाता पनि प्लेअफमा पुग्ने मार्गमा रहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ०६:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।