Logo

खेलकुद

म्यानचेस्टर सिटीको फराकिलो जितमा ब्रुइनको ४ गोल



इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा शीर्ष स्थानको म्यानचेस्टर सिटीले ३ अंकको अग्रता लिएको छ । बुधबार राति भएको खेलमा वुल्भर ह्याम्पटन (वुल्भ्स)लाई ५–१ गोलले पराजित गरेको हो ।

यो नतिजापछि  सिटी ३६ खेलबाट ८९ अंक बनाउँदै समान खेलबाट ८६ अंक बनाएको लिभरपुल दोस्रो स्थानमा छ । अब लिगका २ खेल बाँकी रहेकाले उपाधि होड भने रोमाञ्चक बनेको छ ।

सिटीलाई जिताउँदा टिमले गरेका ५ गोल मध्य ४ गोल केभिड डी ब्रुइनले गर्दा रहिम स्र्टलिङको नाममा १ गोल रह्यो । वुल्भ्सका लागि लेन्डर डेनडोकरले १ गोल फर्काएका थिए ।

पाहुना टोली सिटीका लागि ब्रुइनले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ११ औं मिनेटमा लेन्डरले गोल फर्काउँदै वुल्भ्सलाई बराबरीमा ल्याएका थिए । त्यसपछि १६ र २४ औं मिनेटमा लगातार गोल गर्दै बु्रइनले पहिलो हाफमै ह्याट्रिक पुरा गर्दा सिटीले ३–१ गोलको अग्रता लिएको थियो ।

६० औं मिनेटमा ब्रुइनले व्यक्तिगत चौथो गोल गर्दा ८५ औं मिनेटमा स्र्टलिङले टिमका लागि पाँचौं गोल गर्दै फराकिलो जित दर्ता गराए । वुल्भ्स तालिकाको आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार ०७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।