Logo

खेलकुद

विश्वकप २०२२ : जर्मन क्लबसँग मैत्रिपूर्ण खेल खेल्दै युक्रेनले थाल्यो प्लेअफको तयारी



स्कटल्यान्डविरुद्ध विश्वकप छनोटको प्ले अफका लागि युक्रेनले तयारी थालेको छ । रसियन आक्रमणपछि पहिलो खेल खेलेको युक्रेनले बुरोसिया मोनचेनग्लाडबाचलाई बुरोसिया पार्कमा २–१ को नतिजामा पराजित गर्यो ।

२० हजार दर्शक समावेश भएको खेलबाट आएको नाफा द्वन्दबाट प्रभावितहरुलाई सहयोग गरिरहेका संस्थाहरुलाई डोनेट गरिएको थियो । यस्तै, खेलमा युक्रेनी नागरिकलाई नि:शुल्क प्रवेश दिइएको थियो ।

युक्रेनले स्कटल्यान्डसँग १ जुनमा प्रतिस्पर्धा गर्दैछ । प्ले अफको सेमिफाइनल २४ मार्चदेखि सुरु हुने तय भएको थियो तर रुस युक्रेन युद्धका कारण पछि सारिएको थियो ।

स्कटल्यान्ड र युक्रेनबीचको विजेताले विश्वकपमा स्थान बनाउन कार्डिफमा वेल्सको समाना गर्नेछ । उक्त खेल जुन ५ मा हुनेछ ।
युक्रेनले अन्तिम समय नोभेम्बरमा बोस्निया–हर्जेगोभिनियासँग प्रतिस्पर्धा गरेको थियो ।

जुन खेलमा २–० को नतिजामा जित निकाल्दै प्ले अफमा स्थान बनाएको थियो । एजेन्सी

प्रकाशित मिति : बैशाख २९, २०७९ बिहीबार  १ : ४० बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।