काठमाडौं । प्रिमियर लिग क्लब न्यूक्यासलले नयाँ सिजनका लागि नयाँ जर्सीको डिजाइन लिक भएको छ । जसमा हाल प्रयोग गरिरहेको भन्दा पुरै फरक डिजाइनको जर्सी लिग भएको हो ।
क्लबले नयाँ जर्सीलाई सार्वजनिक भने गरेको छैन । तर क्लबको ब्यवस्थापनले यसलाई नै फाइनल डिजाइन भनेर पारित गरेको बताइएकोछ ।
हाल कालो र सेतो रंग प्रयोग गरिरहेको न्यूक्यासललाई साउदी अरबीयन लगानीकर्ता भित्रिएपछि जर्सीको रंग नै परिवर्तन गरेको छ ।
तीन सय पाँच मिलियन पाउण्डमा साउदीका राजकुमार बीन सलमानको लगानी रहेको न्यूक्यासलले नयाँ सिजनका लागि हरियो र सेतो रंग प्रयोग गरेर नयाँ जर्सी लगाउने तयारीमा छ ।
साउदी अरबियन लगानीकर्ताले न्यूक्यासलको ८० प्रतिशत सेयर खरिद गरिएको छ । नयाँ जर्सीमा क्लबको लोगो पनि हरियो बनाइएको छ । क्लबले साउदी अरेबीयाको राष्ट्रिय टिमको रंगलाई प्रयोगमा ल्याएको छ ।
क्लबको जर्सीको बिक्रि साउदीमा कति हुन्छ भन्ने पनि क्लबको चासो रहेको छ ।
यतिमात्र होइन अर्को सिजन अगाडी न्यूक्यासलले टिमलाई नयाँ स्वरुप दिने योजनापछि बनाएको छ । तर त्यसकालागि उसको मुख्य चुनौती खेलाडीमा खर्च गर्न पाउने रकममा रहेको छ ।
प्रिमियर लिगको नियम अनुसार न्यूक्यासलले नयाँ सिजका लागि पाँच खेलाडीमा ९४ मिलियन पाउण्ड खर्च गर्न पाउनेछ ।
तर नयाँ लगानीकर्ता भित्रिएकाले क्लबले कतै नियम भन्दा बाहिर गएर खर्च गर्ने होकी भन्ने चिन्ता फुटबल पण्डितको छ । एजेन्सी
प्रतिक्रिया