Logo

नुवाकोटका कांग्रेस नेतालाई सांसद् मैनालीले नेकपा बनाए



नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्वर २ बोरे निवासी नेपाली कांग्रेसका स्थानीय नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

पार्टीका क्रियाशील सदस्य थल बहादुर अधिकारी (बद्री) र वडा नम्बर ४ बेल्डाँडा निवासी चरीमाया तामाङ आज नेकपा प्रवेश गरेका हुन् । उनीहरु दुवैले नेपाली कांग्रेस परित्याग गरेका हुन् ।

1.JPG

नुवाकोटबाटै निर्वाचित प्रदेशसभाका सांसद् बद्री मैनालीले उनीहरुलाई खादा लगाई पार्टी प्रवेश गराएका हुन् । कार्यक्रममा गाउँपालिकाका नेकपा अध्यक्ष राजेन्द्र रिजाल, नेता ऋषिश्वर भट्टराईलगायत उपस्थिति रहेको थियो ।

पार्टी प्रवेश गराउँदै सांसद् मैनालीले उहाँहरुको प्रवेशले पार्टीमा उत्साह थपिएको बताए । उनले नवप्रवेशीलाई पार्टीमा रहेर काम गर्ने अवसर दिने र उचित सम्मान गर्ने पनि जनाएका छन् ।

2.JPG

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार १८:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।