Logo

खेलकुद

दोस्रो टी–२० मा युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल



काठमाडौँ । पाँच टी–२० शृंखलाको दोस्रो खेलमा पाहुना टोली युगान्डाले टस जितेपछि नेपालले ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युगान्डाले टस जितेर फिल्डिङ गर्ने भएसँगै रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले पहिले व्याटिङ सुरु गरेको हो ।

हिजोबाट सुरु भएको शृखलामा युगान्डाले १–० को अग्रता बनाएको छ । नेपाल पहिलो खेलमा १२ रनले पराजित भएको थियो ।

पहिलो खेलमा अनुपस्थित रहेकी अलराउन्डर सीता राना मगर दोस्रो खेल भने खेल्नेछिन् । पहिलोपटक घरेलु मैदानमा टी–२० शृंखला खेल्दै गरेको नेपाल र युगान्डाबीच पाँच खेल हुनेछ ।

प्रकाशित मिति : जेष्ठ ३, २०७९ मंगलबार  १ : २३ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।