Logo

खेलकुद

एन्फा चुनाव : पंकज समूहले आज उम्मेदवारी घोषणा गर्ने



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ समूहले आज (शुक्रबार) उम्मेदवारी घोषणा गर्दैछन् । ६ असारमा हुने चुनाबको लागि आजबाट उम्मेदवारी मिति सुरु भएको छ । एन्फा अध्यक्षका लागि पंकजले आफ्नो समूहको नेतृत्व गर्दै अध्यक्षमा उम्मेदवारी दिँदैछन ।

यस्तै वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिने तयारी गरेका छन् । ललितपुर स्थित होटेल हिमालयमा यस समूहले पत्रकार सम्मेलन गर्दै साढे १२ बजे उम्मेदवारी दिँदैछ । आज नै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालेसमेत उम्मेदवारी दिने भएका छन् ।

यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रुपमा निर्वाचित भएका थिए । तर यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्दीका रुपमा उत्रने तयारी गरेका हुन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १०:३४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।