Logo

स्वास्थ्य

दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो



दमकमा कोरोनाको दोस्रो भेरियन्टयता संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । दमक-५ का एक पुरुषको आइतबार मृत्यु भएसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार १३७ जना सङ्क्रमण मुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिएका छन् । 

दमकमा पिसिआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल एक हजार ५१२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ । तीमध्ये महिलाको सङ्ख्या ७३२ छ । दमकमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५२ रहेको र होम आइसोलेशनमा रहेकाको सङ्ख्या ३४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले हालसम्म एक हजार १४६ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतवारसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ४६४ रहेको छ । जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या १२ हजार २४२ पुगेको छ । कोरोना सङ्क्रमणबाट जिल्लाको दमकसहित बिर्तामोड, भद्रपुर र मेचीनगर बढी प्रभावित भएको पाइएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार १०:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।