Logo

खेलकुद

नेपाल–युगान्डा चौथो टी–ट्वेन्टी : ओसिलो मैदानका कारण टस ढिला हुने



काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाविरुद्धको चौथो टी–२० खेलको टस ओसिलो मैदानका कारण प्रभावित बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने खेलका लागि हुनुपर्ने टस ओसिलो मैदानका कारण केही समय पछि सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

पाँच खेलको टी–२० शृंखला दुई खेल अगावै नेपालले गुमाइसकेको छ । पहिलो खेलमा पाहुना टोलीसँग १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले नेपाल पराजित भएको थियो ।

शृंखलाको अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १३:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।