Logo

खेलकुद

एन्फा चुनाव : वर्तमान अध्यक्ष शेर्पाद्वारा पुनः अध्यक्षमा उम्मेदवारी घोषणा



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी ६ असारमा हुने निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा समूहको उम्मेदवार घोषणा भएको छ । वर्तमान अध्यक्ष शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।

यसैगरी, उपाध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष उपेन्द्रमान सिंहलगायत सदस्यहरू दीर्घबहादुर केसी र रत्नकुमार श्रेष्ठको उम्मेदवारी टुंगो लागेको छ ।

सदस्यमा फ्रेन्डसका अध्यक्ष दीपक थापा, सिराहाका प्रतिनिधि प्रविण यादव, साँगा क्लबका वरिष्ठ उपाध्यक्ष रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बागलुङका रामराजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेशसिंह राठोर छन् ।

यस्तै, जुम्लाका अध्यक्ष भरत बुढथापा, मछिन्द्रका टिम म्यानेजर अनिल श्रेष्ठ, च्यासलका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युवा क्लबका अध्यक्ष मणिराज विष्ट र टोखा भगवती क्लबका अध्यक्ष मनिस जोशीले उम्मेदवारी घोषणा गरेका छन् । शेर्पा प्यानलले महिलामा सदस्यको उम्मेदवारी घोषणा गरेको छैन ।

यसअघि शेर्पालाई सहयोग गरेका वर्तमान वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले टिमसहित शुक्रबार उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार १३:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।