नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएको एक वर्षपछि खोप अभियान सुरु भएको हो । कोभिड-१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरका विभिन्न मुलुकहरुमा खोप अभियान सुरु भएको हो । कोरोना भाइरसको महामारी बढेसँगै सम्रग देशको अर्थतन्त्र नै धरापमा परेको छ । कोरोना भाइरसको कारण धेरैले आफन्त गुमाएका छन् भने कयौंको उपचार अभावमा मृत्यु भएको छ । कोरोना भाइरविरुद्धको खोप आएदेखि कोरोनाबाट जोगिन सकिन्छ कि भनेर सबै देशहरुमा कोरोना खोपमा पहुँच पुर्याउनका लागि दौडधुप गरिरहेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या अत्यधिकरुपमा बढेसँग नेपाललगायतका मुलुकमा खोप निर्यातमा प्रतिबन्ध लगाएको छ ।
नेपाललाई सुरुवातमा भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपछि १ फेब्रुअरीदेखि खोप अभियान सुरु गरिएको हो । हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप २४ लाख ३८ हजार १२७ जनाले लगाइसकेका छन् भने दुबै डोज खोप प्राप्त गर्नेको संख्या ६ लाख ९१ हजार ४९४ रहेको छ । नेपालमा १५ जुन सम्ममा कुल जनसंख्याको आठ दशमलव ३ प्रतिशतले पहिलो डोज लगाएका छन् भने दुबै डोज प्राप्त गर्ने दुई दशमलव ४ प्रतिशत रहेका छन् ।
पछिल्लो समय कोरोनाको उच्च जोखिम रहेको देशमध्ये दोस्रो नम्बरमा छ । कोरोनाको दोस्रो लहरले थला पारेको भारतमा १६ जनवरीदेखि खोप लगाउन थालिएको हो । हालसम्म कोरोना भाइरसविरुद्धको पहिलो डोजको खोप २० करोड ७८ लाख ३० हजार ९७१ जनाले लगाएका छन् । कोरोनाविरुद्धको दुबै डोजको खोप लगाउनेको संखया चार करोड ७४ लाख ७४ हजार ३९५ पुगेको छ । १५ जुनसम्ममा भारतको कुल जनसंख्याको १५ दशमलव २ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ३ दशमलव ५ प्रतिशतले दुबै डोज खोप लगाएका छन् ।
पाकिस्तानमा पनि कोरोनाको खोप १० फेब्रुअरीदेखि लगाउन सुरु भएको थियो । पहिलो डोज ८९ लाख आठ हजार ५१ जनाले लगाएको छ भने दोस्रो डोज खोप ३० लाख ६ हजार ४८ जनाले लगाएका छन् । जुन १४ सम्ममा पाकिस्तानमा कुल जनसंख्याको चार दशमलव एक प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने एक दशमलव चार प्रतिशतले दुबै डोज खोप लगाएका छन् ।
त्यसैगरी बङ्गलादेशमा कोरोना भाइरसको खोप २७ जनवरीदेखि लगाउन थालिएको हो । हालसम्म पहिलो डोजको खोप लगाउने ५८ लाख २३ हजार २४५ जना छन् भने दास्रो डोजको खोप लगाउने संख्या ४२ लाख ४८ हजार ६८ जना छन् । बंगलबादेशमा १४ जुनसम्मा कुल जनसंख्याको तीन दशमलव ६ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने दोस्रो डोजको खोप लगाउने २ दशमलव ६ प्रतिशत पुगेको छ ।
भुटानमा पनि २७ मार्चदेखि नै कोरोना भाइरसको खोप लगाउन थालिएको हो । भुटानमा चार लाख ८२ हजार ७१६ जनालाई खोप लगाइएको छ । भुटानको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार करिब ६३ दशमलव २६ प्रतिशतलाई खोप लगाइएको छ ।
श्रीलंकामा कोरोना भाइरसविरुद्धको खोप १४ जुनदेखि लगाउन थालिएको हो । पहिलो डोजको खोप २३ लाख १७ हजार १२ जनाले लगाएका छन् भने दोस्रो डोजको खोप ६ लाख १३ हजार २ सय जनाले लगाएका छन् । श्रीलंकामा पहिलो डोजको खोप लगाउने १० दशमलव ६ प्रतिशत छन् भने दास्रो डोजको खोप लगाउने २ दशमलव ८ प्रतिशत छन् ।
माल्दिभ्समा कोरोना भाइसको खोप लगाउन २ फेब्रुअरीदेखि सुरु गरिएको हो । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाउने संख्या तीन लाख १४ हजार १९४ पुगेको छ भने दास्रो डोज लगाउनेको संख्या एक लाख ७९ हजार ४३६ जनाले लगाएका छन् । मालदिभ्मसमा १४ जुनसम्मा पहिलो डोजको खोप ५९ दशमलव २ प्रतिशत र दोस्रो डाजको खोप ३८ दशमलव ८ प्रतिशतलाई लगाइएको छ ।
अफगानिस्तानमा कोरोना भाइसको खोप २८ फेब्रुअरीदेखि लगाउन थालिएको हो । हालसम्म कोरोनाविरुद्धको पहिलो डोजको खोप लगाउने संख्या चार लाख ८४ हजार ७३७ जना पुगेको छ भने दोस्रो डोजको खोप एक लाख ७७ हजार २६६ जनाले लगाइसकेका छन् । १४ जुनसम्ममा अफगानिस्तानमा कोरोनाको पहिलो खोप लगाउने एक दशमलव ३ प्रतिशत र दास्रो डोजको खोप लगाउने शून्य दशमलव ५ प्रतिशत रहेका छन् ।
माथिको तथ्यांकअनुसार दक्षिण एसियाली मुलुकहरुमा कुल जनसंख्याको सबैभन्दा बढी खोप लगाउने मुलुक माल्दिभ्स बनेको छ । माल्दिभ्समा ३८ दशमलव ८ प्रतिशत मानिसहरुले दुबै डोज खोप लगाइसकेका छन् । खोपको संख्याको हिसाबमा सबैभन्दा बढी डोज खोप भारतमा लगाइएको छ । भारतमा ७४ लाखभन्दा बढीलाई दुबै डोज खोप लगाइएको छ ।
्

















प्रतिक्रिया