Logo

खेलकुद

इण्डियन प्रिमियर लिगको फाइनल खेल आज हुँदै



काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल खेल आज हुँदैछ। राजस्थान रोयल्स र गुजरात टाइटन्स आज उपाधिका लागि भिड्नेछन् ।

खेल नेपाली समयअनुसार राति ८१५ मा अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा हुनेछ ।

राजस्थान आईपीएलको सन् २००८ मा भएको पहिलो संस्करणको विजेता हो । तर त्यसयता फाइनलसम्म पनि पुग्न सकेको थिएन ।

यता गुजरात टाइटन्सको यो पहिलो संस्करण हो । र पहिलोमै गुजरात फाइनलमा पुग्न सफल भएको छ ।

सञ्जु स्यामसनको नेतृत्त्वमा मैदानमा उत्रने राजस्थान र हार्दिक पाण्ड्या नेतृत्त्वमा उत्रने गुजरातबीचको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ ।

यी दुवै टोलीमा अहिले उत्कृष्ट फर्ममा रहेका खेलाडीहरू छन्। राजस्थानसँग एकै सिजनमा चार शतक प्रहार गरेर कीर्तिमान बनाएका जस बट्लर छन् । उता गुजरातसँग रशिद खान, मोहम्मद शमी लगायत धुरन्धार बलर छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १०:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।