Logo

स्वास्थ्य

तपाईंको सुर्ति चुरोट खाने लत त छैन ?



उदयपुर । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ । विश्व धुम्रपान दिवसको अवसरमा नेपाल अर्वुद रोग निवारण संस्थाले रामजानकी माध्यमिक विद्यालय मोतिगडामा आयोजना गरेको सुर्तिजन्य पदार्थ र वातावरण विषयक अन्तर्क्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।

कार्यक्रम संस्थाका पूर्व केन्द्रीय सदस्य निगमकुमार कोइरालाले १५ प्रतिशत वंशानुगत र अन्य कारणले बाँकी सबै सुर्तिजन्य पदार्थबाट क्यान्सरको बिरामी हुने गरेको बताए ।

उनले वार्षिक २७ हजार बढि मानिसहरुको सुर्तिजन्य पदार्थबाट मृत्यु हुने गरेको तथ्याङ्क रहेको बताए ।

विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार २१:२०   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।