कलेजो मानव शरीरको एउटा अत्यन्त नै महत्वपूर्ण अंग हो । जसको प्रमुख काम पाचन कार्यहरुमा सहायता प्रदान गर्ने हुन्छ । बोसो पचाउनका लागि चाहिने पित्तको श्राव कलेजोले नै उत्पादन गर्दछ । यसबाहेक कलेजोले भण्डारण अंगको काम पनि गर्दछ । भिटामिन, खनिज, बोसो आदिको सञ्चय कलेजोमा नै हुन्छ । कलेजोलाई मानव शरीरको विशालतम ग्रन्थी मानिन्छ ।
जण्डिस, हिपोटाइटिस, यकृत एवसेस, यकृत सिरोसिएटस एवं यकृत परिवर्तन कलेजेको प्रमुख रोग हुन । हेपोटाइटिस रोग तीन प्रकारका हुन्छन् । जसलाई हेपाटाइटिस–ए, हेपाटाइटिस–बी तथा हेपाटाइटिस–डी का नामले चिनिन्छ । यी तीनवटै मध्ये हेपाटाइटिस –बी कलेजोको सबैभन्दा घातक रोग मानिन्छ । जसलाई सिरम हेपाटाइटिस भनिन्छ । माथि उल्लेखित रोगहरुमा जण्डीस तथा हिपोटाइटिसकले जो सबैभन्दा प्रचलित रोग मानिन्छ जनु प्रायजासो दूषित पानीबाट फैलिन्छ र समयमा उपचार नपाएमा ज्यानमारा सावित हुन सक्छ ।
यद्यपि हेपाटाइटिस–बी को घाटक रुवरुपलाई दृष्गित गर्दे यस रोगका विरुद्ध अनुवांशीक अभियान्त्तीकीको सहयोगमा खोपको विकास गरिएको छ । एलोपैथिक चिकित्साको लाखौं प्रगतिको बाबजुद पनि आजसम्म कलेजो रोगहरुको उपचारका लागि एलोपेथीमा प्रभावकारी औषधीहरुको अभाव छ । मै हुँ भन्ने कलोजो विज्ञहरुको मथिङ्गलमा कचिङ्गल भएको यतिले मात्र हो । कलोजो सम्बन्धी क्याधीहरुको उपचारमा मुख्यतः आयुर्वेदिक औधषिहरुको उपयोग हुने गर्दछ । यि औषधिहरु बोटविरुवाका विशेष भाग अथवा सम्पूर्ण बोटविरुवाबाट प्राप्त गरिछ । घरेलु औषधिको रुपमा कलोजोको रोगीहरुको उपचारमा प्रभावकारी केही यस्ता महत्वपूर्ण वनस्पतीहरुका प्रजातिहरु जुन ग्रामीण तथा शहरी क्षेत्रहरुमा हाम्रो घरछिमेकमा उम्रेको पाइन्छन्को वर्णन निम्नलिखित छन्
पुननर्वा :
यो प्रायजसो जमीनमा फैलिने खालको बहु-वनस्पती मानिन्छ जुन पुष्पीय बिरुवाहरुको निकटाजिनेशी कुलको सदस्य मानिन्छ । पुननर्वाको वैज्ञानिक नाम बोरहेवियाडिफयुजा हो । यसको लहराको लम्बाइ ६०-९० से.मी. सम्म पाइन्छ जराहरु माटो तथा माटोमा धेरै गहिराइसम्म पाइन्छ । यस वनस्पतीका प्रजाती सामन्यतया घाँसको मैदान, सडक छेउ, ढुंगे भूमी, आवासीय परिसर, बेकार भूमी इत्यादी ठाउँमा झारपातको रुपमा उम्रिन्छ । यस वनस्पती फूल रातो रङ्गको हुन्छ । पुननर्वाको प्रजनन विऊबाट हुन्छ । पुननर्वाको औषधीय गुणको वर्णन प्राचीन ग्रन्थ अथर्ववेदमा गरिएको छ । औषधिजन्य गुण यसको जरामा पाइन्छ । ताजा जराहरुलाई पिंधेर अथवा सुकेको जराको चूर्णलाई महसँग मिसाएर सेवन गर्नाले जण्डीस तथा हेपाटाइटिस–ए को उपचारमा सहयोगी भएको पाइएको छ ।
कालमेघ :
कालमेघ एक वर्षीय शाकिय वनस्पती हो । जुन पुष्पीय बोटविरुवाहरुको एकेन्थेरी परिवारको सदस्य हो यसको बैज्ञानिक नाम एण्ड्रोगेफिस पैनीकुलेटा हो । कालमेघ सामान्यतया उष्ण कटिवन्धीय पतझडी वनहरुमा पाइन्छ । शहरुक्षेत्रहरुमा यसलार्य बाग बगैंचाहरुमा सजावटी विरुवाहरुकोरुपमा लगाइन्छ । कालमेघ विरुवाको उचाई ६०–९० से.मी. सम्म हुन्छ । फूल सानो तथा गुलावी रङ्गको हुन्छ । कालमेघमा प्रजनन बीउद्वारा हुन्छ । कालमेघको औषधिजन्य गुणहरुको वर्णन प्राचीन चिकित्सा ग्रन्थ सारंगघर संहितामा विस्तारले गरिएको छ । औषधिय गुण सम्पूर्ण विरुवामा रहेको हुन्छ । ताजा पातहरुको रस कलेजोको विकृतिहरु जस्तै जण्डीस तथा हेपाटाइटिस–ए–बी–डी को उपचारमा अन्यन्त नै प्रभावकारी हुन्छ ।
भुइँ अमला :
यो फाइलेन्थेसी परिवारको एक वर्षिय शाकीय वनस्पती हो जुन कि वर्ष ऋतुमा देखा पर्दछ । यसको वैज्ञानिक नाम फाइलेन्थस निरुराइ हो । यसलाई भुइँ अमलाको नामले पनि चिनिन्छ । विरुवाको उचाई ३० से.मी. हुन्छ । हाँगाहरु प्रायजसो मूल डाढबाट निस्किन्छन् ।
भूइँ अमला प्रायजसो घाँसको मैदान जंगल बागबगैँचा तथा कृषि भूमिमा झारपातको रुपमा उम्रेको पाइन्छ । फाइलेन्थीन नामक रसायनको उपस्थितिको कारण औषघिनज्य गुण पातहरुमा पाइन्छ । पातहरुको रस अथवा अत्तर पिउानाले हेपाटाइटिस–बी जस्तो घातक रोग कलेजोको व्याधि उपचारमा सहायता मिल्दछ ।
गिलोय गुडुची
यो अरु रुखहरुको सहारामा चढ्ने सदावहार झाडी जस्तो वनस्पती हो जनु पष्पीय वनस्पतीहरुको मेनी स्यरमेसी कुलको ददस्य हो । यसको वैज्ञानिक नाम टिनोस्पोरा कार्डिफोली हो यसलाई मधुपार्णी गुडुची जीवन्तिका तथा अमृता आदि नामहरुले चिनिन्छ । यो वनस्पती प्रायजसो सदावरहार वर्षा वनहरुमा पाइन्छ । यसको सदाबहार तथा आकर्षक प्रवृत्तिका कारण शहरु क्षेत्रहरुमा बागबगैँचाहरुमा सजावटी विरुवाको रुपमा पनि उमारिन्छ । फल सानो तथा पहेँलो रङ्गको हुन्छ । गिलोयेको औषधीजन्य गुणहरुको बर्णन अथर्ववेदमा गरिएको छ । औषधिजन्य गुण सम्पूर्ण बोटमा पाइन्छ । ताजा बोटको रस हेपाटाइटिस–बी तथा जण्डीसको उपचारमा अन्यन्त नै प्रभावी हुन्छ ।
मकोय :
यो एक वर्षिय शाकिय वनस्पती हो जुन पुष्पीय वनस्पतीहरुको सोलेनेस्कूलको सदस्य हो । मकोयको वैज्ञनिक नाम मसोलेनम नइग्रम हो । यो वनस्पती सर्बत्र पाइन्छ । मकोय वनस्पती खासगरी बााझो खेतबारी, कृषिभूमी, घाँसको मैदान, आवासीय परिसर तथा बागबगैँचामा झारपातको रुपमा उम्रिन्छ । मकोयको उचाई ३०–५० सेमी सम्म हुन्छ । विरुवाको पातहरु तथा लहरा धेरै नाजुक हुन्छ । मकोयको विरुवा डुवानको प्रति सम्वेदनशील हुन्छ । फूल सेतो रङ्गको हुन्छ । फल पाकेपछि कालो रङ्गको तथा रसिलो हुन्छ । यसको प्रजनन विउद्वारा हुन्छ । औषधिजन्य गुण सम्पूर्ण बोटमा पाइन्छ । बोटको अत्तर हेपाटाइटिस – बी तथा जण्डीसको उपचारमा अत्यन्तै सहायक हुन्छ ।
भृङ्गराज :
पुष्पीय बोट विरुवाहरुको एस्टेरेसी कलको एक वर्षिय शाकिय वनस्पती सामान्यतया सडक किनार, आवश क्षेत्र तथा सुरको जमिनमा झारपातको रुपमा उम्रिन्छ । भृङ्गराजको वैज्ञानिक नाम इकलियटा एल्वा हो । बोटको उचाई लगभग ५–१५ से.मी. सम्म हुन्छ । भृङ्गराजको पातहरु साधारणतया गहिरो हरियो रङ्गको हुन्छ एवं फूल सेतो हुन्छ । भृङ्गराजको प्रजनन विउद्वारा हुन्छ । औषधिजन्य गुण पातहरुमा पाइन्छ । पातहरुको रस कलोजो सम्बन्धी रोगहरु खासगरी हेपाटाइटिस – ए–बी तथा जण्डीसमा प्रभावकारी हुन्छ ।
हर्रा :
यो एउटा पर्णपाती रुखको प्रजाति हो जुन प्रयजसो उष्ण कटिवन्धीय पर्णपाती वनहरुको एउटा घटक मानिद्यछ । यसको वैज्ञानिक नाम हर्मीनेलया चेवुला हो । हर्रालाई हरितकी तथा हरड नामहरुबाट पनि चिनिन्छ । रुखको बोक्रा गहिरो खैरो रङ्गको हुन्छ । यो विरुवाको प्रजाति कामव्रेटेसी कुलको सदस्य हो । बोटको वम्बाई ३० मिटरसम्म हुन्छ । हर्राको औषघिजन्य महत्व तथा अन्य उपयोगलाई मध्यनजर गर्दै यसको बोटको बृक्षारोपण ग्रामीण तथा शहरी क्षेत्रहरुको बागबगैंचाहरुमा गरिन्छ । हर्रा वनस्पतीको औषधिजन्य गुणहरुको बर्णन प्राचीन ग्रन्थ अथर्ववेदमा गरिएको छ । यस बोटको फूल सेतो वा पहेंलो रङ्गको हुन्छ । औषधिजन्य गुण प्रायजसो फलमा पान्छ । फलको केस्रा हेपाटाइटिस–डी जण्डीस यकृत अवशेष तथा यकृत परिवन्धनको उपचामा सहयोगी हुन्छ ।
कलेजोजन्य रोगहरु विशेषगरी जण्डीस तथा हेपाटाइटिस दूषित खानेपानी उपभोगका कारण देशको ग्रामीण तथा शहरी क्षेत्रहरुमा तेजीले फैलदैछ । समयमा उपचार नहुँदा यी रोगहरु ज्यानमारा सावित हुन्छन् । एलोपेथमा यी क्याधिहरुको सिमित उपचारका कारण आयुर्वेदमा आधारित पम्पगत चिकित्सा पद्धतिको महत्व बढेर जान्छ जसबाट उर्पयुक्त ओषधिजन्य बोट विरुवाको उपयोगविना कुनै पाश्र्वप्रभावले कलोजो समबन्धी रोगहरुबाट छुटकारा पाउन सकिन्छ ।
प्रतिक्रिया