Logo

स्वास्थ्य

पछिल्लो २४ घण्टामा दुई हजार २९७ जनामा कोरोना पुष्टि, ४६ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा दुई हजार २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक हजार ५८४ र  चार हजार ३२१ एन्टिजेन परीक्षणमा सात सय १३ जना गरी दुई हजार २९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा देशभर कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । यसअघि आईतबार कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भएको थियो भने शनिबार ३४ जनाको मृत्यु भएको थियो । 

पछिल्लो २४ घण्टामा थप ३ हजार १३० जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १७:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।