साहित्यले समाजको रुपान्तरणमा महत्वपुर्ण भूमिका खेल्छ । सहित्यले मानिसको चेतनामा आमुल परिवतर्न लाउने काम गर्नुका साथै राज्यको व्यवस्था परिवर्तनमा पनि भूमिका खेल्छ ।
झट्ट हेर्दा दबिएको बिषय जस्तो देखिए पनि हरेक क्षेत्रमा साहित्य अबल हुन्छ । नेपाली साहित्य विश्व साहित्यको तुलनामा मध्यम स्थानमा रहेको साहित्यकार तथा समालोचक घनश्याम घिमिरेको बताउँछन् । मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका घिमिरे नेपाली साहित्यक क्षेत्रमा समालोचकको भूमिकामा सक्रिय छन् ।
विश्वमा नेपाली साहित्यको अवस्था र साहित्यसँग समसामयीक विषयमा अनलाइनपानाको लागि रामनाथ कुँवरले गरेको कुराकानी :
विश्व साहित्यको तुलनामा नेपाली साहित्यको अवस्था कस्तो छ ?
नेपाली भाषा र साहित्यको कुरा गर्दा विश्वका अन्य भाषा र साहित्यसँग तुलना गर्नुपर्ने हुन्छ् । नेपाली भाषाको उत्पति भएको लगभग हजार वर्ष भयो । लिखित नेपाली साहित्यको कुरा गर्दा लगभग दुई सय वर्षबाट विकसित हुँदै आइरहेको छ । इतिहाससँग तुलना गर्दा नेपाली साहित्य जुन स्थानमा छ, त्यो आफैमा कम्जोर भनेर हीनता बोध गर्नु पर्ने अवस्था छैन ।
विश्वका अन्य भाषाका साहित्यले जसरी फट्को मारेका छन्, प्रचारप्रशार भएर जुन स्थान पाएका छन्, त्यसलाई अध्ययन गरेर नेपाली साहित्य कस्तो हुन पर्छ र कसरी अगाडि जानु पर्छ भनेर हामीले त्यतातिर ध्यान दिनुपर्ने देखिन्छ । अहिले कथा, कविता, निबन्ध जस्ता जति पनि साहित्यका फाँटहरु छन् । ती फाँटहरुमा नेपाली साहित्य जसरी आइरहेका छन्, त्यो सन्तोषजनक छ ।
हाम्रो नेपाली साहित्यलाई विश्व बजारमा फैलाउन अनुवाद साहित्य गर्नुपर्छ । नेपाली भाषामा रहेका उत्कृष्ट सृजनाहरुलाई हामीले सही किसिमले अनुवाद गरेर विश्व भरिनै पु¥याउने काम गर्नुपर्छ । त्यसमा केही पछि परेका छौं ।
विश्व साहित्यसँग हाम्रो साहित्यलाई तुलना गर्दा अत्यन्तै राम्रो भन्न पनि मिल्दैन र खतम नै छ भन्न पनि मिल्दैन । त्यसो हुनाले विश्व साहित्यमा नेपाली साहित्य मध्यम स्तरमा छ । किनभने हाम्रो नेपाली भाषा साहित्यको बजार पाठकलाई लिएर हामीले विश्वसँग तुलना गर्नुपर्छ । यसरी तुलना गर्दा अहिले गैरआवासीय नेपालीहरु विश्वभर फैलिएका छन् । जहाँ जहाँ नेपालीहरु पुगेका छन्, हाम्रो साहित्यलाई माया गरिदिने सन्दर्भमा चाहिँ हाम्रो साहित्य क्रमशः फैलँदो क्रममा छ । देशलाई र आफ्नो माटोलाई माया गर्ने सन्दर्भमा सबैभन्दा सजिलो साहित्यलाई माया गर्नुहुँदो रहेछ । यसरी हाम्रो साहित्य विश्व बजारमा पनि फैलँदो क्रममा छ ।
नेपाली भाषा साहित्यलाई विश्व बजारमा पुर्याउन के गर्नुपर्छ ?
हाम्रो नेपाली साहित्यलाई विश्व बजारमा फैलाउन अनुवाद साहित्य गर्नुपर्छ । नेपाली भाषामा रहेका उत्कृष्ट सृजनाहरुलाई हामीले सही किसिमले अनुवाद गरेर विश्व भरिनै पु¥याउने काम गर्नुपर्छ । त्यसमा केही पछि परेका छौं । अनुवाद भनेको अनुवाद मात्रै नभएर सृजनात्मक र सार्थक अनुवाद हुनुपर्छ । यस्तो अनुवाद गर्नु हाम्रो साहित्यमा आवश्यक छ । जसले गर्दा लुकेका छिपेका र उत्कृष्ट सृजनाहरु विश्व बजारमा पुग्थ्यो र विश्वले नेपाली भाषा र साहित्य यस्तो रहेछ भनेर चिन्थे । त्यसो हुनाले अब हामीले सृजनात्मक अनुवादलाई प्राथमिकता दिनुपर्छ ।
त्यसैगरी विश्वका अन्य भाषामा लेखिएका उत्कृष्ट सृजनाहरु हामीले पनि पढ्न जरुरी छ । त्यसरी पढेर हाम्रो साहित्य कहाँ छ भनेर तुलना गरेर त्यही अनुसार अगाडि लिएर जान सकिन्छ । त्यसकारणले विश्वका राम्रा सृजनालाई नेपाली भाषामा र नेपालीलाई अरुको भाषामा अनुवाद गर्न जरुरी छ ।
नेपाली साहित्यमा कुन विधाको अवस्था कस्तो छ ? अनि कुन बढी सृजना भएको छ र कुन विधा चाहिँ ओझेलमा परेको छ ?
साहित्यका फरक—फरक विधाहरु अनुसार सजिलो र सिकारु ीवधाको रुपमा कवितात्मक विधालाई लिने गरिन्छ । त्यसमा कविता, गीत, गजल, मुक्तक जस्ता विद्याहरु लेख्नका लागि पनि सहज हुने भएकोले धेरै साहित्यकारहरु त्यता आकर्षित हुने गर्छन् ।
आख्यानात्मक विधा, निबन्धात्मक विधा र काव्यात्मक विधालाई भने अलि जटिल रुपमा साधनाको प्रतिफलको रुपमा लिने गरिन्छ । त्यसो हुनाले जुनसुकै भाषा साहित्यमा सुरुमा छोटो र सजिलो विधा अपनाउने गरिन्छ । सोही अनुरुप नेपाली साहित्यमा पनि धेरै चाहिँ गजल, मुक्तक र फुट्कर कविताहरु लेखिने गरिन्छन् । धेरै लेखिएको छ भन्नुको अर्थ सबै गुणात्मक छन् । उत्कृष्ट छन् भन्ने होइन । त्यसमध्येमा केही मात्रै गुणात्मक छन् ।
त्यसपछि निस्केको कथा र उपन्यास आख्यानात्मक विधा हो । त्यो आख्यानात्मक विद्याको अवस्था राम्रो छ भन्ने मेरो बुझाइ छ । नेपाली साहित्यमा कम लेखिएको नाटक र महाकाव्य विधा हो । अन्य भाषा साहित्यमा पनि कुनै विधा बढी प्रयोग कुनै कम यस्तै नै हुन्छ । तर कुन विधामा धेरै लेखियो, कुनामा कम लेखियो भन्दा पनि कति गुणात्मक लेखियो भनेर मापन हुनुपर्छ । त्यसो हुनाले हाल कथा र निबन्ध तुलनात्मक रुपमा बढी लेखिएको छ ।
हाल साहित्यको बजार कस्तो छ ?
म एउटा सर्जक हुँ भने मेरो सृजना सहज रुपमा पाठकसामू पुग्नुपर्छ भन्ने हो । हिजो त्यसरी पाठकसामू पुग्ने माध्यम पुष्तक र पत्रिका मात्रै थियो भने आज डिजिटल मिडियाको कारणले धेरै सहज माध्यमहरु पनि छन् । तर माध्यमहरु धेरै छन् भन्दैमा साहित्य विज्ञापनको विषय भने होइन । साहित्य वस्तु व्यापार जसरी व्यापार गर्ने चिज पनि होइन । यदि हामीले त्यसो गरियो भने सृजनाले भन्दा व्यापारले बढी प्राथामिकता पाउने हुन्छ । जसले प्रचारप्रशार बढी ग¥यो उसको सृजना राम्रो हो की भन्ने पर्छ । अनि प्रचाप्रशार नभएका उत्कृष्ट सृजनाहरु चाहिँ कुनामा कसिंगर मिल्के जसरी मिल्की रहने हुन्छ । त्यसो हुनाले उत्कृष्ट सृजनाको बढी प्रचारप्रशार हुने र कम उत्कृष्ट सृजनाका कम नै प्रचारपशार हुने अवस्था सृजना हुनुपर्छ । त्यसो हुन सकेन भने पाठकहरु ठगिने अवस्था पनि हुन्छ ।
अहिलेको आधुनिक र प्रविधिमैन्त्री समाजमा सर्जकहरुले पनि आफ्ना सृजनालाई प्रविधिमैन्त्री बनाउन जरुरी छ । जसले गर्दा राम्रा सृजनाहरु पाठकको मोवाइल या कम्युटरमा सजिलै पुग्न सकून् । तसर्थ कम्सल सृजनालाई विज्ञापनको माध्यमबाट विकाउ बनाउन भने हुँदैन् ।
सृजना गरिसकेपछि बजारको व्यवस्था कसरी गर्ने ?
अहिले एउटा सामान्य पुस्तक छाप्न ४०/५० हजार लाग्छ । हजार प्रति जति छाप्न सकिन्छ । त्यो पुस्तक छापेपछि सबै ठाउँमा पु¥याउने कुरा भने अलि जटिल छ । सर्जकहरुसँग त्यसरी सबैमा पु¥याउने पहँच छ कि छैन भन्ने हुन्छ । मैले केही साथिहरु देखेको छु, जसले सरसापटमा पुस्तक छापेका छन् । पुस्तक राम्रो पनि छ । तर त्यसले रामो व्यापारको सञ्जाल पाएको छैन । साथिलाई अलि अलि बाँडेर बाँकी घरमै थन्काएर राख्न पर्ने अवस्था छ ।
समाजमा साहित्यको भुमिकाबारे केही भन्दिनुहुन्छ ?
झट्ट हेर्दा साहित्य भनेको निरर्थक र निरुत्पादक विषय हो भन्ने लाग्न सक्छ । अहिलेको जस्तो भौतिकवादी युगमा, पुँजीवादी समाजमा र पैसा नै सबै थोक हो भनिएको समाजमा साहित्य चाहिँ निरर्थक विषय हो भन्ने लाग्छ । त्यो सतही बुझाइ मात्रै हो । साँच्चिकै उत्कृष्ट सृजनाले मान्छेको मनोविज्ञानलाई र समाजको मनोविज्ञानलाई आमुल परिवतर्न गराउने काम पनि गर्छ ।
हामै साहितयका केहि कविताहरु र केहि गीतहरु हेर्ने हो भने, क्रान्तिको आधारभूमि निर्माण गरेका छन् । र, जनताको क्रान्तिको गीत बन्न पुगेका छन् । त्यसकारण सृजना भनेको यस्तो शक्तिशाली हुन्छ की, त्यसले दीर्घकालिन रुपमा मान्छेको मनोविज्ञानलाई परिवर्तन गरिदिन्छ । समाज र देशको चित्रणमा उल्लेखनीय हुन्छ ।
उत्कृष्ट सृजनाहरु समाज निमार्णका लागि र राष्ट्र निर्माणका लागि एकदमै महत्वपुर्ण हुन्छन् । जनताको मनोविज्ञान परिवतर्नका लागि महत्वपुर्ण हतियार हुन्छन् । हामी चलचित्र, नाटक र रङ्ग मञ्चको कुरा गर्छैँ । ती पनि साहित्यका एउटा अलग फाँट हुन् । ती सबैले समाजको विकासमा, समाज रुपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याइरहेकै छन्हु/न्छन् ।
अहिले साहित्यमा नयाँ पुस्ताको अवस्था कस्तो छ ?
अहिले नयाँ पुस्तामा साहित्यप्रति सकारात्मक चासो छ । त्यसकारणले नै नेपाली साहित्य प्रविधिमैन्त्री हुँदै गइरहेको छ । नेपाली साहित्य विश्व साहित्य जगतमा अग्रसर हुँदै गइरहेको छ । अहिलेको युवा पुस्ता साहित्यमा गम्भीर ढंगले गइरहेको छ ।
अहिलेको जस्तो भौतिकवादी युगमा, पुँजीवादी समाजमा साहित्य चाहिँ निरर्थक विषय हो भन्ने लाग्छ । त्यो सतही बुझाइ मात्रै हो । साँच्चिकै उत्कृष्ट सृजनाले मान्छेको मनोविज्ञानलाई र समाजको मनोविज्ञानलाई आमुल परिवतर्न गराउने काम पनि गर्छ ।
अझ गजबको कुरा हिजोको साहित्यकार र आजको तुलना गर्ने हो भने हिजो नेपाली अंगे्रजी पढेको शिक्षकहरु आकर्षित भएको देखिन्छ । आज हामी भाषा पढेकाले मात्रै नभएर, इन्जिनियर, डाक्टर जस्ता प्राविधिक क्षेत्रकाहरु पनि नेपाली साहित्यमा अग्रसर भएका छन् । अंगे्रजी भाषामा पनि साथिहरुले कलम चलाइरहनुभएको छ । त्यसो हुनाले विश्व साहित्यलाई नै विश्लेषण गर्ने प्राविधिक क्षेत्रको भएर पनि भावनात्मक रुपमा साहित्यसँग जोडिएका छन् । जसले नेपाली साहित्यलाई सुन्दर बनाउँछ भन्ने मेरो ठम्याइ छ ।
साहित्यक यात्रामा तपाईँले के–के गर्नु भयो ?
म साहित्यको विद्यार्थी हुँ । सुरुवातमा मैले पनि सबैले जसरी नै कविता, गजल, मुक्तक र कथाहरु लेखेर अगाडि बढेको हो । मैले सृजनात्मक अभ्याससँगै साहित्यको सैद्धान्तिक पक्षको पनि अध्ययन गर्न थालेँ । म अहिले आएर सृजनाभन्दा समालोचनामा आकर्षित भएको छु । सृजनाहरुको वस्तुनिष्ट ढंगले विश्लेषण गर्ने, चिरफार गर्ने र मुल्याङ्कन गर्नेमा बढी आकर्षित भएको छु । समालोचकको हिसाबले कलम चलाउन थालेपछि सृजनामा कमि हुने रहेछ । किनभने हरेक सृजनालाई प्राविधिक नजरले हेर्ने । पछिल्लो समय मेरो सृजनात्मक पुस्तक भन्दा समालोचनात्मक लेखहरु प्रकाशित भइरहेको छ ।
साहित्यमा पाठकहरुको भूमिकालाई कसरी लिनुहुन्छ ?
साहित्यमा सुन्दर सृजना र राम्रा सर्जकहरुलाई बचाउने जिम्मा पाठकहरुको हो । किनभने हामीले पत्रपत्रिकामा आएका ठुला—ठुला विज्ञापनलाई भन्दा पनि राम्रा सृजनाहरुलाई पढ्ने बानी बसाल्यौं भने र उत्कृष्ट सृजनालाई प्राथामिकता दियौं भने राम्रा सर्जकहरु लामो समय बाँच्नुहुनेछ र राम्रा सृजना गर्न प्रोत्साहन हुनेछ । साहित्यमा सृजनालाई प्रचारपशार गर्ने र बचाइराख्ने जिम्मा सर्जक र प्रकाशकको मात्रै नभएर पाठकको पनि हो । त्यसले राम्रो सर्जकलाई दीर्घजीवि बनाइदिन्छ । यतातर्फ पनि पाठक सचेत हुनुपर्छ ।
यहाँको बसाइ मकवानपुरमा छ । नेपाली साहित्यमा मकवानपुरे साहित्यको अवस्था कस्तो छ ?
नेपाली साहित्य जस्तै मकवानपुरे साहित्य पनि मुलतः कविता, गजल, मुक्तकतिर नै बढी आकर्षित भइरहेको छ । कोही कोहीले काव्यहरु र नाटकहरु पनि लेखेका छन् । त्यसो हुनाले नेपाली साहित्य जुन ढंगले अगाडि बढेको छ, मकवानपुरे साहित्य पनि त्यसैगरी अगाडि बढेको छ ।
तर केही प्रयोगशील लेखनको अभ्यास पनि भएको छ । जस्तो यहाँ तुलशी थापा भन्ने सिनियर लेखक हुनुहुन्छ, उहाँले दाना कविता भनेर सामान्य ढंगले कवितालाई फरक तरिकाले प्रस्तुत गर्नुभएको छ । सुत्र कथा भनेर पनि यहाँ लघु कथा भन्दा पनि छोटा छोटा कथाहरु लेख्ने पनि गरिएको छ । त्यसो हुनाले सुत्र कथा र दाना कविता नेपाली साहित्यमा प्रयोगशील लेखन हो । पृथक लेखन हो । नयाँ शैलीको लेखन हो ।
















प्रतिक्रिया