Logo

स्वास्थ्य

कोरोना अपडेट : ४ हजार ५२२ संक्रमित, ४ हजार ९५१ जना संक्रमणमुक्त



पछिल्लो २४ घण्टामा ४ हजार ५२२ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी  ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार ९५१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्  । संक्रमणमुक्त हुने दर ९०.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलवार १७:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।