कोरोना भाइरसको प्रकोप अहिले विश्वभर नै फैलिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना कहरबाट बच्नका लागि विश्वभरका मुलुकहरुले विभिन्न सुरक्षाका मापदण्डहरु अपनाइरहेका छन् । कोरोना भाइरसबाट बच्नका लागि अहिले पहिलो प्राथमिकतामा कोरोनाविरुद्धको खोप रहेको छ । विभिन्न देशहरुमा कोरोना भाइरसको खोप अभियान सञ्चालन भइरहेको छ । नेपालल करिब ७२ प्रतिशत जनसंख्या कोरोनाविरुद्धको खोप लगाउनका लागि तीन करोड ९० लाख डोज खोप आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको तथ्यांक भए पनि हालसम्म करिब ४२ लाख खोपमात्रै आपूर्ति भएको छ । जसमा पहिलो डोज खोप करिब २५ लाखलाई लगाइएको छ भने सात लाख मानिसहरुलाई दोस्रो डोज खोप लगाइएको छ । विश्व स्वास्थ्य संगठनले मंगलबार अधिकांश गरिब मुलुकहरुमा कोरोना भाइरसविरुद्धको खोप अभाव हुन थालेको बताइरहेको छ । नेपाललगायत कयौं मुलुकहरुमा मानिसहरुले खोप माग गरिरहेका भए पनि कयौं देशहरुमा पनि मानिसहरु खोप लगाउन मानिरहेका छैनन् ।
यस्ता देशहरुमा नागरिकलाई खोप लगाउन प्रेरित गर्नका लागि विभिन्न उपहार दिने अभियान पनि सञ्चालन गरिएका छन् । ती देशहरुमा कोरोनाविरुद्धको खोप लगाएबापत नगद र अन्य उपहारहरु दिन थालिएको छ ।
खोप लगाउँदा के उपहार ?
खोप लगाउनेलाई बियर, गाँजा र नगद उपहार
पछिल्लो समय कोरोना भाइसको उच्च जोखिमममा परेको देशमध्ये एक हो, संयुक्त राज्य अमेरिका । कोरोना भाइरसको महामारीको चपेटामा परेको अमेरीकाका नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउन नमानेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोपलाई ‘बौद्धिक अधिकार’भन्दा बाहिर राख्न समर्थन गरेका छन् । अमेरिकमा कोरोना भाइरसको खोप लगाउनको लागि प्रोत्साहन स्वरुप विभिन्न पुरस्कार, खेलकुद टिकट र बियर, गाँजा दिने अभियान चलाइएको छ । कोरोना भाइसरको खोप लगाउन मानिसको संख्या कम भएपछि अमेरिकामा विभिन्न खेलकुद गतिविधि, चलचित्रलगायतका निशुल्क टिकट वितरण गर्ने गरिएको छ ।
अमेरिकामै कोरोनाविरुद्धको खोप लगाएबापत बियन दिने अभियानसमेत चलाइएको छ । बाइडेनले जुलाई ४ सम्मको गर्मी छुट्टीमा कोरोनाविरुद्धको खोप लगाउन नागरिकलाई आग्रह गरेका छन् । राष्ट्रपति बाइडेन प्रशानले जुन १ सम्ममा धेरैले कोरोनाविरुद्धको खोप लगाइसक्ने अनुमान गरेको थियो । महामारीलाई जितेर पुन: राष्ट्रलाई यो रोगबाट फिर्ता ल्याउने उद्देश्यका साथ उक्त निर्णय गरेको बताइएको छ । क्यालिफोर्नियामा १५ जुनसम्म कोरोना भाइरसको खोप लगाउनेहरुलाई उपहारस्वरुप ११ करोड १६ लाख अमेरेकी डलर छुट्याइएको छ । मानिसहरुलाई खोप लगाउनका लागि प्रोत्साहित गर्न उक्त योजनाबाट तीस जनाले ५० लाख अमेरीकी डलर उपहार प्राप्त गरिसकेका छन् । राज्यले २० लाख ४० हजार गिफ्ट कार्डहरू पनि प्रदान गरिसकेको छ । यससँगै वाशिङ्टनमा एक डोज खोप लगाउनेलाई एक खिल्ली गाँजा दिने गरिएको छ ।
नगद र कार उपहार
महामारीमाको चपेटाबाट माथि उठ्नको लागी खोप प्रोत्साहन गर्दै विभिन्न देशहरुमा खोप अभियानहरु सञ्चालन गरिएका छन् । खोपका विषयमा आएका विभिन्न भ्रमहरुलाई अन्त्य गर्दै नागरिकलाई खोपमा आकर्षित गर्न संयुक्त अधिराज्य बेलायतमा पनि विभिन्न उपहारहरु र नगद दिने गरिएको छ । लन्डनका खोप प्राधिकरण र कम्पनीहरूले खोपलाई बढावा दिदैँ रुसमा कोभिड-१९ को खोप लगाए बराबर बासिन्दाका लागि हप्तामा पाँचवटा कार दिने भएको छ ।
नगददेखि गाई र डुनट र ड्रग्स उपहार
एक डोज खोप लगाउनलाई १५ डलरदेखि गाई, डोनट र ड्रग्ससम्म दिने गरिएको छ । मस्कोमा कोरोना भाइरसको खोप लगाउन प्रोत्साहन आवश्यक रहेको बताइएको छ । कोरोनाको भाइरसको खोपको विषयमा विभिन्न सामाचार माध्यमहरुले खोप सुरक्षित नभएको भन्ने भ्रमपुर्ण समाचार सम्प्रेण गर्नाले पनि मानिसहरु खोप लगाउन डराइरहेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । रुसमा कोरोनाविरुद्धको पहिलो खोप स्पुतनिक भी लगाउन थालिएको छ ।
त्यसैगरि इन्डोनेसियामै कोरोनाविरुद्धको खोप लगाउनेलाई एउटा कुखुरा उपहार दिने गरिएको छ ।
खोप नलगाउनेलाई के सजाय ?
खोप नलगाउनेलाई मदिरा किन्न नपाउने
भारतको उत्तर प्रदेशको युनभर्सिटी टाउन सइफाइका अधिकारीहरुलाई कोरोना भाइरसविरद्धको खोप नलगाएका व्यक्तिहरुलाई मदिरा बिक्री नगर्न निर्देशन दिइएको छ । मदिरा खरिद गर्दा कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाण पेश गर्नु पर्ने प्रावधान राखिएको छ । यद्यपि औपचारिक आदेश पनि जारी गरिएको छैन । यससँगै भारतका विभिन्न प्रान्तहरुमा कोरोना खोप नलगाउेनहरुलाई खेल, कला गतिविधि लगायतका प्रत्यक्ष कार्यक्रमहरूमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ ।
खोप नलगाउनेलाई पाँच लाख जरिवाना
त्यसैगरि कजाखस्तानमा कोरोनाको संक्रमणको जोखिम र खोपका आधारमा बार, सिनेमा र एयरपोर्ट जस्ता सार्वजनिक स्थानहरूमा पहुँच प्रतिबन्धित गरिरहेको छ । यस्ता खुला स्थानहरूमा मानिसहरूलाई पहुँच प्रतिबन्धित गर्दै कोभिड-१९ को प्रसारलाई सीमित गरिएको छ । कोरोना खोप लगाएको र नलगाएको छुटयाउनको लागी आवश्यक (खुला) अनुप्रयोगले प्रत्येक प्रयोगकर्तालाई रातो, पहेंलो, हरियो वा निलो गरी चार वर्गमा विभाजन गरिएको छ । उनीहरू खोप लगाइएको छ वा संक्रमित व्यक्तिसँग सम्पर्कमा छ ? यदी सोही व्यक्ति संक्रमित या खोप नलगाएको भएमा उसलाई अन्य सेवा सुविद्याबाट प्रतिबन्ध लगाइने भएको छ । इन्डोनेसियाको राजधानी जकार्ताले कोरोना भाइरसको खोप नलगाएका व्यक्तिहरुलाई पाँच लाख (४४० डलर) सम्म जरिवाना तोकिएको छ ।
खोप नलगाउनेलाई जेल सजाय
खोप लगाउन अस्वीकार गरे जेल हाल्दिने फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले चेतावनी दिएका छन् । कोरोना भाइरसविरुद्धको खोप लगाउनको लागि प्राय देशहरुमा उपहार, नगद लगायतका ‘अफर’ हरु गरिरहेको अवस्थामा फिलिपिन्समा भने कोरोनाको खोप लगाउन अस्वीकार गर्नेलाई जेल हाल्दिने चेतावनी दिएका छन् । टेलिभिजनमार्फत सम्बोधन गर्दै डुट्रेटले खोप लगाउन आह्वान समेत गरेका थिए । त्यति गर्दा पनि खोप लगाउन अस्वीकार गर्नेलाई जेल हाल्दिने चेतावनी दिएका हुन् । राजधानी मनिलाका खोप केन्द्रमा खोप लगाउन आउनेको संख्या न्यून भएपछि राष्ट्रपति डुट्रेटको चेतावनी आएको हो ।




















प्रतिक्रिया