बुधबार सेयर बजारमा उत्साह देखिएको छ । नेप्से परिसूचक आज १४ दशमलव ६८ अंकले बढेर १६०० दशमलव ९८ बिन्दुमा रोकिएको हो ।
आज दिनभर कारोबारमा आएका १९५ कम्पनीको १ कारेड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर बिक्रि वितरण हुँदा ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैँया बराबरको कारोबार भएको छ ।
यो दिन उत्पादन तथा प्रशोधन र माईक्रो फाईनान्स समूहको उपसूचक घटेको छ भने बाकिँ बढेका छन् ।
आज ४ ओटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कणार्ली डेभलपमेन्ट बैंक, नेशनल हाईड्रोपावर कम्पनी,बरुण हाइड्रोपावर र सञ्जीन जलविद्युत कम्पनीको सेयर मूल्यमा कर्किट लागेको हो ।
आज कारोबार रकमको आधारमा अरुण कावेलीले अधिपत्य जमाएको छ ।
प्रतिक्रिया