Logo

स्वास्थ्य

खाली पेटमा मनतातो पानी पिउँदा हुने ५ फाइदा



काठमाडौं ।  मानव जीवनमा पानीको महत्व धेरै छ । पानी खाने समय र तरिकाबारे हामी जान्नै पर्ने हुन्छ ।

बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । पानी नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ । 

प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ । हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन् । 

नियमित खाली पेटमा मनतातो पानी पिउँदा हुने फाइदा 

१- बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुन्छ । रगत सफा हुन्छ । र छालासमेत स्वस्थ भई चमक आउँछ ।

२- बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ । शरीरका मांसपेशीसमेत बलियो हुन्छ ।

३- खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन सुरु गरिहाल्नुस् ।

४- बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।

५- बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मिर्गौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार ०६:५४   :  बजे

507
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।