Logo

स्वास्थ्य

कोरोना अपडेट : थप २ हजार ४ सय ७६ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा भएको १४ हजार ३५१ नमुना परीक्षणमा २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ९ हजार ५ सय ८६ पीसीआर र ४ हजार ७ सय ६५ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन्।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १७:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।