Logo

स्वास्थ्य

कोरोना अपडेट : थप १९२० जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ९ हजार माथि



पछिल्लो २४ घण्टामा भएको ९ हजार ८३६ नमुना परीक्षणमा १ हजार ९ सय २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ६००० जनामा पीसीआर परीक्षण गर्दा एक हजार ३ सय ५३ र ३ हजार ८ सर ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३४ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ९ हजार ९ पुगेको छ । यस्तै  सेही अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आईतवार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।