चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मंगल ग्रहको सतहमा हिँडिरहेको भिडिओ सार्वजनिक गरेको छ।
ती तस्बिरहरू उक्त रोबटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो।
जुरोङले मे महिनामा मंगल ग्रहमा गरेको अवतरण उसको प्यारासुट प्रणाली कार्यान्वयन र जमिनमा छोएको क्षण पनि सार्वजनिक गरिएको छ।
६ पांग्रे उक्त रोबटले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको छ।
चीनको अन्तरिक्षसम्बन्धी निकाय द चाइना नेशलन स्पेस एजेन्सी (सिएनएसए) का अनुसार जोरुङले ४२ मंगल सोल्स अर्थात् त्यहाँको ४२ दिनमा २३६ मिटर गुडेको छ। सोल भनेको मंगलको एक दिन हो। मंगलको एक दिन २४ घण्टा ३९ मिनेटको हुन्छ।
रातो ग्रह पनि भनिने मंगललाई परिक्रमा गरिरहेको तियानवेन–१ सेटेलाइटले नयाँ तस्बिरहरू पृथ्वीमा पठाएको हो।
सिएनएसले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘अर्बिटर र मंगलमा अवतरण गरेको रोभरबीच राम्रो काम भइरहेको छ। रोभरले मंगलबाट मातृभूमिमा सन्देशहरू पठाइरहेको छ। पार्टीको शतवार्षिकी सन्दर्भमा टाढाको आशीर्वाद पठाइरहेको छ।’
जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सयौं वार्षिकोत्सव पनि हो।
१४ मे मा अवतरण गरेपछि भिडिओ आउने अपेक्षा राखिएको थियो। रोभरको प्यारासुट प्रणालीका केही तस्बिरहरू गत साता सार्वजनिक गरिएको थियो।
भिडियोमा भने मंगलको वायुमण्डलको चक्र जस्तो तह फिँजिएको देखिएको छ।
भिडिओमा जुरोङ र उसको अवतरण गर्ने प्ल्याटफर्म खसेको र तल हेर्ने क्यामेराले मंगलको भुँई छोएको पनि देखिन्छ।
मंगलका सतहका तीनवटा भिडिओ छन्।
प्रतिक्रिया