नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको परिवर्तित रूप पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जिनोमिक पहिचानका लागि जेठ २६ मा भारत पठाइएका ४८ वटा नमूनामध्ये ९ वटामा यो भेरियन्ट देखिएको थियो ।
विश्व स्वास्थ संगठनले डेल्टा नाम दिएको नयाँ भेरियन्टका संक्रमित नेपालमा भेटिएका छन् । सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने र बढी संक्रामक रहेको भनिएको भेरियन्ट पुष्टि भएसँगै सरकारले उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।
नेपालमा अहिले दास्रो भेरियन्ट फैलिएको छ । जसले ठूलो मानविय क्षतीसमेत गरिसकेको छ । अब नेपालमा तेस्रो भेरियन्टको जोखिम हुनेसमेत आँकलन गर्न थालिएको छ । जनस्वास्थ्य विद्हरुले तेस्रो भेरियन्ट फैलिएको खण्डमा बालबालिकाहरु उच्च जोखिममा हुने चेतावनी दिँदै आएका छन् ।
सोही कुरालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालमा स्वास्थ्य संस्थाहरूका नाममा परिपत्र गर्दै कम्तीमा २० प्रतिशत शय्या कोभिड बिरामी बालबालिकाका लागि प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
कान्ति बाल अस्पतालका निर्देशक एवं वरिष्ठ बालरोग विशेषज्ञ डा. आरपी बिच्छाले गत वर्षको तुलनाका धेरै बालबालिकाहरु प्रभावित भएको बताएका छन् । उनले भने, “कोरोना संक्रमण फेरि तीव्ररुपमा विस्तार भइरहँदा बालबालिकाहरू गत वर्षको दाँजोमा धेरै प्रभावित भइरहेका छन् । कोरोना भाइरसको खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रभावकारी र सुरक्षित हुन्छ कि हुँदैन भनेर अनुसन्धान भइरहेको छ । निष्कर्ष निस्किएको छैन ।
यही कारणले गर्दा पनि बालबालिकाहरु धेरै नै प्रभावित हुने हुन कि भन्ने त्रास भएको उनले बताए । उनले थपे, “सरकारले बालबालिकाहरुको लागी भनेर हरेक अस्पताहरुमा कम्तीमा २० प्रतिशता शय्या राख्न लगाएको भए पनि हाम्रो अस्पताल बालबालिकाको अस्पलाल भएको भएर हामीले २५ प्रतिशतको शय्या बनाइसकेका छौं । हाल कान्ति बाल अस्पतालमा १४ जना कोरोना पोजेटिभ बालबालिका छन् । तर नयाँ भेरीयन्ट नै हो भनेर पुष्टि भएको छैन ।”
बालबालिकाको इम्युनिटी पावर कमजोर हुने भएकोले उनीहरु बढी जोखिममा रहेको उनले बताए । उनले भने, “बच्चामा इम्युनिटी पावर उसै कम हुन्छ । र अर्को कुरा बालबालिकाको लागि खोप उपलब्ध भइसकेको छैन । कोरोना भाइरसको जोखिम सबैलाई उस्तै हो । तर, इम्युनिटी पावर र खोपको कारण चाहीँ अलि जोखिममा पर्छन भनिएको हो ।”
अहिले नै यसको समाधान खोज्नुपर्ने उनको सुझाव छ । उनले थपे, “तेस्रो लहरको भाइरस आयो भने यसले बालबालिकालाई अझ प्रभावित बनाउन सक्छ । अहिलेदेखि नै तयारी गरेनौं भने र बेवास्ता गर्यौं भने तेस्रो लहर आए सम्हाल्न सक्दैनौं ।”
शुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालको क्लनिकिल रसिर्च युनटिका भाइरोलोजस्टि शेरबहादुर पुनले २० प्रतिशत शश्या छुट्याइसकेको बताएका छन् । कोरोना भाइरसको तेस्रो लहर बालबालिकालाई पर्ने सक्ने जोखिम बढी भएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन उनले अनुरोध गरेका छन् ।
कोरोनाको खोप बालबालिकालाई लगाउन मिल्छ कि मिल्दैन भनेर छलफल भइरहको उनले जानकारी दिए । उनले भने, “कोरोना खोप बालबालिकालाई लगाउन मिल्छ कि मिल्दैन भनेर विभिन्न अनुसन्धान गरे पनि निस्कर्षमा पुग्न सकिएको छैन । कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बालबालिकालाई मात्र हो भनेर भ्रममा पर्नु हुँदैन । यो बच्चा देखी वृद्धसम्मका मानिसहरुलाई लाग्छ ।”
खोप नलागाएकै आधारमा मात्र बालबालिकालई अलि जोखिम भनिएको उनले बताए । उनले भने, “कोरोनाको नयाँ भेरियन्टबाट बच्नतिर हामी लागी पर्नुपर्छ । कोरोनाको नयाँ भेरियन्ट होस् या तेस्रो लहरको भाइरस । सबै उमेर समूहको मानिसलाई जोखिम हुन्छ, त्यसैले सुरक्षाको मापडण्ड अपनाउन जरुरी छ ।”




















प्रतिक्रिया