Logo

प्रमुख समाचार

लोकसेवा विषेशः प्रश्नोत्तर कार्यक्रम (अङ्क–२३)



वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको स्थापना सँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले वि.सं. २००८ साल असार १ – (तदनुसार १५ जुन १९५१ इ.स.) गते लोक सेवा आयोगको स्थापना भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।

नेपाल अधिराज्यको संविधान, २०४७ ले पनि लोक सेवा आयोगलाई एक स्वतन्त्र संवैधानिक निकायको रूपमा स्विकारेको छ । सोही संविधानको धारा १०१ ले आयोगका एक अध्यक्ष र आवश्यकता अनुसार अन्य सदस्यहरू रहने गरी लोक सेवा आयोगको गठन हुने व्यवस्था गरेको छ । आयोगका अध्यक्ष र सदस्यहरू ६ वर्षका लागि नियुक्ति गरिने व्यवस्था संविधानमा नै व्यवस्था गरिएको छ । आयागे का अध्यक्ष तथा सदस्यहरूलाई सर्वोच्च अदालतको न्यायाधीश सरह समान आधारमा र समान तरिकाले आफ्नो पदबाट हटाउन सकिन्छ ।

आजको लागि प्रश्नोत्तर यसप्रकार रहेको छ ।

१.कलियुग पौष कृष्ण औँसीबाट सुरु भएको मानिन्छ ।

२.गणेशमान सिंहको बाल्यकालको नाम हिराकाजी थियो ।

३.नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ ।

४.श्रीपशुपतिनाथलाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।

५.नेपालको पहिलो प्रधानमन्त्रि भिमसेन थापा हुन् ।

६.नेपालमा १८५ प्रकारका माछा पाइन्छन् ।

७.सप्तबुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन् ।

८.थर्ड पोल नामले सगरमाथालाई चिनिन्छ ।

९.स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो ।

१०.हिम चितुवा नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो ।

११.सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इण्डिया कंपनी बीच भएको थियो ।

१२. माछा संरक्षण केन्द्र पोखरामा छ ।

१३. गाईको ३२वटा दाँत हुन्छन् ।

१४.भालुको ४२वटा दाँत हुन्छन्।

१५.स्विजरल्याण्डमा प्रति वर्ष प्रति व्यक्ति १० किलो गर्न बराबरको चकलेट खान्छन् ।

१६.हिमपहाडको ९०% भाग पानी भित्र हुने गर्दछ ।

१७.अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्ड भनिन्थ्यो ।

प्रकाशित मिति : असार ५, २०७९ आईतबार  ५ : ३० बजे