महिलाको योनीमा सुख्खापन आउनु सामान्य कुरा हो। शारीरिक सम्पकर्का दौरान यस्तो सम्या आइरह्यो भने समस्या हुनसक्छ। योनी सुख्खा भएको समयमा सेक्स गर्दा महिलालाई पीडा महशुस हुन्छ ।
यस्तो अवस्थामा कुनै लोसन वा औषधीको प्रयोग गरेर यो समस्याबाट मुक्ति पाउन सकिन्छ । तर, तपाई औषधीको प्रयोग बिनै यो समस्याबाट मुक्ति चाहनुहुन्छ भने केही घरेलु उपाए अपनाउनुपर्ने हुन्छ ।
पानीयुक्त फल खाने
यदि कुनै महिलामा यौनीमा सुख्खा हुने मस्या भए पानीयुक्त फलफूलको सेवन गर्नुपर्छ । धेरै मानीस आवश्यक मात्रामा पानी पिउँदैनन् । यस्ता मानिसले पानीको मात्रा बढी हुने फल खानुपर्छ । तरभुज, मेवा, अनार, अंगुर, काक्रो जस्ता फल खानु त्यस्ता महिलाका लागि निकै लाभदायक हुन्छ । ९० प्रतिशतसम्म पानीको मात्रा भएका फलफूलको सेवन गर्दा महिलाको योनीमा सुख्खापन आउने समस्या कम हुनसक्छ ।
जैतुनको तेलको प्रयोग
जैतुनको तेलमा बोसोको मात्रा धेरै हुन्छ । योनीमा सुख्खापन आउने महिलाहरूका लागि यसको प्रयोग दाभदायक हुनसक्छ । जैतुनको तेल प्रयोग गर्दा योनीमा सुख्खापन हुन दिँदैन । शरीरलाई नै सुख्खापनबाट बचाउन चाहनुहुन्छ भने जैतुनको तेल लगाउनु राम्रो मानिन्छ । जैतुनको तेलमा प्राकृतिक लुब्रिकेन्ट हुन्छ। जसले मानव शरीरमा लुब्रिकेन्ट दिन सहयोग पुर्याउँछ ।
एवोकाडोको सेवन
एवोकाडो मानिसको सुन्दरता र स्वस्थताका लागि निकै फाइदाजनक छ । एवोकाडोमा भिटामिन इ पाइन्छ । यसमा स्वस्थ बोसोको मात्रा पनि हुन्छ । जसले शरीरलाई लचिलो बनाइराख्छ । साथै यसले शरीरलाई सुख्खा हुनबाट जोगाउँछ । यो फलको सेवन गर्दा योनीमा हुने सुख्खापनबाट जोगिन सकिन्छ ।
सुर्यमुखीको तेल र तिलको बिउ
सुर्यमुखीको तेल र तिलको बिउको सेवन पनि स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ। यसलाई हामीले सदालमा हालेर खानसक्छौं ।
सुर्यमुखीको तेल र तिलको विउमा फ्याटि एसिड हुन्छ । जो योनी सुख्खा हुने समस्या भएका महिलाका लागि दाभदायक मानिन्छ । यो विउको सेवन गर्दा अनुहारमा कोमलता आउँछ । यीनमा वमेगा-३ पाइन्छ । जसले सुख्खापनको समस्याबाट छुटकारा दिन्छ । डाक्टरहरूले पनि यसलाई खान सुझाव दिइरहेका हुन्छन् । हामीले खानामा यस्को प्रयोग गर्नुपर्छ । जसबाट शरीर सुख्खा नहोस् ।
पालुंगोको सेवन
पालुंगोको सेवन पनि स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ । यसमा भिटामिन इ भरपुर मात्रामा हुन्छ। स्वास्थ्यकर्मीले पनि योनीमा सुख्खापन हुने महिलाहरूलाई पालुंगोको साग खान सुझाव दिइरहेका हुन्छन् । त्यसैले योनीमा सुख्खापन भएका महिलाले पालुंगोको साग अनिवार्य रूपमा सेवन गर्नुपर्छ ।
दहीको सेवन
दहीमा धेरै स्वास्थ्यवर्धक ब्याक्टिरया हुन्छन् । जुन शरीरका लागि निकै लाभदायक मानिन्छन् । दही खादा महिलाको यौनी भित्रको पिएच लेवल सामान्य रहन्छ। दही खाँदा महिलाको यौनीमा हुने थुप्रै समस्याबाट छुटकारा पाउन सकिन्छ। त्यसैले यसको सेवन अवश्य पनि गर्नुपर्छ ।




















प्रतिक्रिया