Logo

अर्थ

सेञ्चुरी बैंकको संस्थापक शेयर लिलामी बिक्री खुला



काठमाडौं । सेञ्चुरी बैंकले ८ असारबाट १८ लाख १२ हजार ८९ कित्ता संस्थापक शेयर लिलामी बिक्री खुला गरेको छ । यस लिलामी शेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा १५ असारसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन १६ असार बिहान १० बजे एनआईबीएल एस क्यापिटल, लाजिम्पाट  काठमाडौंमा खोलिनेछ ।

प्रकाशित मिति : असार ८, २०७९ बुधबार  ११ : ०० बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।