Logo

प्रमुख समाचार

नेपाल प्रहरीका १७ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस



काठमाडौँ । नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार राती गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त सिफारिस गरेको हो ।

बढुवा हुनेको सूचीमा ४ जना महिला एसएसपी समेत रहेका छन् । अन्यमा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा र श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, लगायत रहेका छन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार ०८:२६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।