काठमाडौं । नेकपा एकीकृत माओवादीले मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रण नगरे मन्त्रीहरूलाई जनकारबाही गर्ने भएको छ । शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर एकीकृत माओवादीले मन्त्रीहरूसँगै नेपाल आयल निगमका कार्यकारी निर्देशक, कृत्रिम अभाव सिर्जना गर्ने बिचौलिया, भ्रष्टाचारीलाई जनकारबाही घोषणा गरेको हो ।
एकीकृत माओवादीका अध्यक्ष माणिक लामाले आफ्नो पार्टीले महँगी, कालोबजारी, बलात्कारी, मिटर ब्याज नियन्त्रण गर्न सरकारसँग माग गरेको जानकारी दिए । उनले जनताको दैनिक जीवनसँग जोडिएका मागहरू आफूहरूले उठाएको भन्दै पूरा गर्न आग्रह समेत गरे ।
पत्रकार सम्मेलनमा एमसीसी सरकारले जबरजस्त संसद्बाट पास गरेर राजपत्रमा प्रकाशित गरेको बताउँदै राष्ट्रहितमा नभएको भन्दै लागु नगर्न सरकारसँग माग गरेको छ ।





















प्रतिक्रिया