Logo

अर्थ

ङादी ग्रुप पावरको १५० प्रतिशत हकप्रदमा बुक क्लोज मिति तय 



काठमाडौं । ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि २० असारमा बुक क्लोज गर्ने भएको छ । १९ असारसम्म कायम रहने सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

कम्पनीले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री गर्नका लागि धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । ङादीले हाल कायम ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ चुक्ता पुँजीमा १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रकाशित मिति : १२ असार २०७९, आईतवार १२:४१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।