Logo

प्रमुख समाचार

सम्पादकीय: विदेशमा रहने नेपालीले मतदान गर्न पाउने प्रस्तावका चुनौती



सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सोमबार आफ्नै पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँग संयुक्त भेटघाट गरे । दुवै भेटमा थापा र शर्माले एउटै विषयमा जोड दिए, ‘विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था गरौँ ।’ तर वर्तमान कानुनअनुसार विदेशमा रहेका नेपालीले विदेशबाटै मतदान होइन, मतदाता नामावलीमा नाम दर्तासमेत गर्न पाउँदैनन् ।

स्थानीय तह निर्वाचनमा विदेशबाट मतदान गर्न भनेर आएका कतिपयले नामावलीमा नाम नभएकै कारण समेत मतदान गर्न पाएनन् । अहिले पनि आयोगले नामावली दर्ता गरिरहेको छ । तर, विदेशमा हुनेले त्यहीं बसेर नामावलीसमेत दर्ता गर्न पाउने सुविधा छैन । यस्तो अवस्थामा थापा र शर्माले मोर्चाबन्दी गरेरै यो विषय उठाएजसरी सरकार र आयोगले तत्काल समाधान दिइहाल्ने अवस्था भने देखिँदैन ।

आगामी निर्वाचनमा विदेशबाटै मतदान कति सम्भव छ त ? निर्वाचन आयोगका पदाधिकारीहरूकाअनुसार अहिलेकै कानुनबमोजिम वा कानुन परिवर्तन गरेरसमेत आगामी निर्वाचनमै विदेशमा रहेका नेपालीले मतदान गर्न पाइहाल्ने अवस्था छैन ।

नेपाली नागरिकता त्यागेको र अन्य कुनै देशको नागरिकता लिएकाहरूको हकमा मतदान अधिकार सम्बन्धी आदेश प्रभावी हुनेछैन । विदेशमा रहेका नेपालीहरुको मतदान अधिकारका लागि यो निर्णयले सकारात्मक सन्देश दिने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेले बताएका थिए । ।

समस्याहरू हुन सक्छन् तर शुरूमा मतदाता विवरण राख्ने, परिचयपत्र बाँड्नेजस्ता कामहरू नेपाली दूतावास भएका देशबाट गर्न सकियो भने भोलि सबै नेपालीले मतदान गर्न सक्ने व्यवस्था तयार हुनेछ ।

मतदानका लागि योग्य हुन विदेशस्थित नेपाली नियोगहरूको अध्यावधिक नाम हुनुपर्ने भनिएता पनि त्यस्तो व्यवस्थाका लागि अहिले उपलब्ध स्रोतले नभ्याउने सरकारी अधिकारीहरूले बताएका छन् ।

गैरकानुनी रुपमा पनि विदेशमा नेपालीहरु रहेको र विभिन्न देशमा रहेका नेपाली दूतावासहरुसंग पनि मतदान गराउनका लागि आवश्यक दक्षता र स्रोतसाधन नरहेको अवस्थामा सरकारलाई समस्या पर्न सक्ने अवस्था छ ।
विदेशमा थुप्रै गैरकानुनी र अशिक्षित नेपाली पनि छन् जसले गर्दा यो तत्कालै कार्यान्वयनमा जान कठिन छ ।

प्रकाशित मिति : असार १२, २०७९ आईतबार  १ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।