Logo

प्रमुख समाचार

नाटक पढ्न तीन हजार बोकेर दिल्ली हानिएका रवीन्द्र झा



संसारमा सबैकुरा सबैलाई समान रुपमा मिल्दैन । यो नियम नहोला तर प्रत्यक्ष रुपमा देखिएको भने यही नै हो । बाहिर बसेर हेर्नेलाई सजिलै नतिजा भन्न सजिलो छ । तर भित्रको कुरा कसले बुझ्ने ?

थोरै चलचित्र खेलेर दर्शकले छिटै मन पराएको नाम हो रवीन्द्र झा । झट्ट बुझ्दा उनले गरेको अभिनयले उनलाई जीवन्त दियो । चलचित्र हेर्नेले अब उनको अनुहार बिर्सन सक्दैनन् । नाममा त के छ र ? संसारमा कामले नाम दिने हो । यस अर्थमा नामभन्दा पनि काम दीर्घकालीन हो । उनको कामले उनलाई जीवन्त दिन्छ भन्नेकुरालाई बारबार व्याखया गर्नु आवश्यक छैन । एकपटक अभिनय हेरे पुग्छ ।

धेरैले उनलाई उनले पाएको रोलले नै चर्चीत बनेका हुन् भन्ने बुझेका छन् तर यो भ्रम हो । कथाले मागेको र आफूले दिनुपर्ने सबै मिहेनत सक्छु भन्ने उनमा धेरै उदाहरण छ । जात्रा चलचित्रले उनलाई कहिल्यै नसोचेको उचाइ दियो । सबैमाझ उनको कामको र नामको चर्चा एकाएक चुलियो । तर त्योभन्दा अगाडि उनले गरेको संर्घषलाई ज्यादै कमले बुझेका छन् ।

उनी सिधै चलचित्रमा आएका भने होइनन् । उनले विस २०५१ सालबाट गरेको नाटकको कथा पनि छ्ट्टै हृदयमा डेरा जमाएर बसेको छ । चलचित्र सबै ठाउँमा एकैपटक रिलिज हुने भएकाले उनलाई दर्शकले चिन्न समय लागेन । तर नाटकको उनले गरेको त्याग पनि त छ त्यो कसले हेर्ने ?

रवीन्द्र भन्छन् : मेरो परिवारको आर्थिक हैसियत केही मजबुद नै थियो । त्यसैले मलाई पैसाको अभाव भएन तर सुरुमा साथको अभाव भयो ।

धनुषामा जन्मिएका रवीन्द्रको बाल्यकाल धनुषाकै घामसँग बित्यो । उनले त्यहीँबाट प्रवेशिका परीक्षा उतीर्ण गरे । बाँकी अध्ययन सपनाको सहरमा संर्घषको चकटीमा बसेर पूरा गरे । अहिले ती दिन सम्झँदा उनलाई समयसँग बहुत माया लागेर आउँछ ।

मैले माथि पनि लेखेको छु । उनलाई समयले साथ दियो तर त्यति नै उनलाई संर्घषले पनि साथ दिएको छ । दिल्लीमा तीन वर्ष नाटक पढेका रवीन्द्रलाई नेपालमा नाटकको बजार यस्तो होला भन्ने कुरा सोचेकै थिएनन् । उनलाई चलचित्रले यो गति लिए भन्नेकुराको हेक्का पनि थिएन । जे भयो कलाकार र निर्देशकको हातमा भयो ।

स्कुल पढ्दा ताका नै उनी गीत र अभिनयमा रुची राख्ने गर्थे । उनी भन्छन् : मेरो परिवारको आर्थिक हैसियत केही मजबुद नै थियो । त्यसैले मलाई पैसाको अभाव भएन तर सुरुमा साथको अभाव भयो । परिवारले मन नदिए पनि उनले कलालाई तन मन सबै दिए । तर जब पछि परिवारले नै कलालाई छुट दिए तब उनीमा अर्को साहस थपियो ।

छ महिना सरकारी जागिरको अनुभव बोकेका रवीन्द्रलाई दुइ नाउमा खुट्टा राखेर हिँड्न असजिलो भयो । उनले आफ्नो रुची छाने जागिरलाई तिलाञ्जली दिए । उनी सम्झन्छन् यदि जागिर नै गरेको भए अहिले पेन्सन वर्ष गनिरहेको हुने थिएँ । दिमागमा नाटकको भूत सवार भएपछि नाटकबाट त्यस्तो धेरै कमाइ हुँदैन भन्ने सुन्दासुन्दै उनी तीन हजार बोकेर नाटक पढ्न दिल्ली हानिए ।

तर उनले आफ्नो रुची छानेकोले उनलाई आफ्नो कामले नाम दियो । देश विदेश गर्ने मौका पाए । उनले नेपाल र भारतमा गरेर थुप्रै नाटक सो गरिसकेका छन् । उनी नाटकमा अभिनयमा मात्र होइन । नाटक लेखन पनि गर्छन् । उनले लेखेको नाटक धेरै ठाउँमा मञ्चन पनि भएको छ । त्यसैगरी यनी नाटक निर्देशनमा पनि पोख्त छन् । उनीले नाटक नै पढेका हुनाले उनलाई जे दियो नाटकले दियो उननले जे गरे नाटकमा नै गरे । चलचित्रले उनलाई नाम र दाम एकैपटक दियो । तर उनलाई नाटकले जीवन सिकाएको कुरा रवीन्द्र स्वीर्काछन ।

रवीन्द्रलाई लाग्छ – सफलता समयको वेग हो । कहिले चाँडै पुगिन्छ त कहिले ढिलो तर आत्तिनु हुन्न । मिहेनतलाई साक्षी राखेर हिँडियो भने एकदिन अवश्य त्यो सफलताको शिखरमा पुगिन्छ ।

रवीन्द्रलाई लाग्छ – सफलता समयको वेग हो । कहिले चाँडै पुगिन्छ त कहिले ढिलो तर आत्तिनु हुन्न । मिहेनतलाई साक्षी राखेर हिँडियो भने एकदिन अवश्य त्यो सफलताको शिखरमा पुगिन्छ ।

आफूले गरेको काम घरमा बुझिदिए भने काममा मन जान्छ यदि बुझिदिएनन् भने काममा तन मात्र जान्छ । यदि काममा तन र मन सँगै गएन भने काम बिग्रन्छ । यसैले पनि उनलाई काममा तन र मन सजिलै गएको छ किनकि उनकी श्रीमती पनि नाटककै व्यक्ति भएकाले उनलाई काम गर्न सजिलो छ ।

नेपाली चलचित्र जगत पहिलेको तुलनामा अहिलेमात्र अलिक सुध्रन थालेको हो । पहिलेको चाहिँ किन बजार पाएन भन्ने कुरामा रवीन्द्र बजार नै नपाएको होइन भन्ने पक्षमा छन् । बजार नपाएको भए चल्ने नै थिएन । चल्या छ त नभए किन निमार्ण हुन्थे त्यत्रा चलचित्र ?

चलचित्रमा कलाकारको बारबार स्क्रिप्ट पढ्न आवशयक छ । निर्देशकको हात रहेपनि कलाकारले जीवन्त अभिनय दिन सकेनन् भने चलचित्र मर्छ । स्क्रिप्ट नै नराम्रो भन्ने हुँदैन किनकि स्क्रिप्ट त छान्ने हो त्यो छान्नेको हातमा भर पर्छ ।

भगवान् आएर नाटक कि चलचित्र भन्दा उनी नाटक छान्नेछन् । उनलाई जे दियो नाटकले दिएको हो । उनी नाटकमै रमाउन खोज्छन् उनको एक विषेशता के छ भने उनी एकै समय दुई चलचित्रको सुटिङ गर्दैनन् लगातार एक चलचित्रको सुटिङ सकिएपछि मात्र अर्को चलचित्रमा साइन गर्छन । सायद उनको यही लगनले उनलाई नेपालीभाषी मात्र चिनाएको हो ।

प्रकाशित मिति : १३ असार २०७९, सोमबार ११:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।