काठमाडौं । आदर्श लघुवित्तको आईपीओ बाँडफाँट भएको छ। सोमबार कम्पनीको आईपीओ गोलाप्रथामार्फत् बाँडफाँट गरिएको हो । कुल ६ हजार २६१ जना सर्वसाधारण लगानीकर्ताहरुले मात्र शेयर पाएका छन्।
जसमध्ये ५ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले शेयर पाएका छन्। यो आइपीओमा १६ लाख ७४ हजार ६५२ जनाले आवेदन दिएकामा १ हजार ८५८ जनाको आवेदन रद्द भएको बिक्री बीओके क्यापिटलले जानकारी गराएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, आदर्श लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ। नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ।





















प्रतिक्रिया