Logo

अर्थ

जनउत्थान सामुदायिक लघुवित्तको बोनस शेयर डिम्याट खातामा जम्मा



काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले २५ प्रतिशत बोनस शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले २० पुससम्म शेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो । 

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस शेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । 

जनउत्थानको गत ३० पुसमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि सहित १.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार ११:०५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।