Logo

शृंगार

कपालको चायाँ दु:ख दियो अपनाउनुस् यी विधि



चायाँले तपाइँ हामीलाई धेरैलाई दुख दिएको हुन्छ । कहिलेकाहीं सामान्य त हो भनेर हेलचेक्र्याइँ गर्दा भने यो समस्याले जटिल रूप पनि लिन सक्छ । चायाले कपाल झार्ने समस्या पनि निम्त्याउन सक्छ । चायाको समस्यालाई हेलचेक्र्याइँ गर्दा तालु रातो हुने, अत्यधिक चिलाउने, तालुबाट रगत बग्ने लगायतका समस्या हुने गर्छ । यस्तो अवस्थामा तत्काल चिकित्सककहाँ जानुपर्छ ।

किन पर्छ कपालमा चायाँ ?

सरसफाइमा ध्यान नदिँदा कपालमा चायाँ पर्ने समस्या हुन सक्छ । कसै कसैले धेरै दिनपछि कपाल नुहाउने बानीका कारण पनि चायाँ पर्नसक्छ । कहिलेकाहीं हर्मोनल परिवर्तनका कारण पनि चायाँ पर्न सक्छ ।

कतिपयमा वंशाणुगत कारणले पनि चाया पर्ने गर्छ । चायाको कारक टाउकोको छालामा बढी समस्या हुनु, अस्वस्थकर खाना, कपालमा रसायन बढी प्रयोग पनि हो । सुक्खा वातावरणमा बस्ने मानिसमा पनि चायाको समस्या हुन्छ । लामो समयदेखि तनाव, थकान, चिन्ता, टाउकोको एलर्जी लगायतका कारण पनि कपालमा चाया पर्छ । यो समस्या जाडोमा अझ बढी देखिन्छ ।

बच्ने उपाय

  • पहिलो कुरा त कपालको सरसफाईमा ध्यान दिन जरुरी हुन्छ ।
  • हरेक एक दिन छोडेर कपाल नुहाउने र नरिवल वा तोरीको तेलले मालिस गर्न सकिन्छ । किन की बढी सुख्खा भएमा पनि चाया आउन सक्छ ।
  • कपालको स्वस्थता हाम्रो खानपिनसँग पनि जोडिन्छ । त्यसैले स्वस्थकर खाना खाने तथा पानी प्रसस्त पिउने बानी गर्नुपर्छ ।
  • कपाल कोर्दा ठूलो दाँत भएको काइँयो मात्र प्रयोग गर्नु पर्छ । अरुको काइँयो प्रयोग गर्नु हुँदैन ।
  • सेम्पोको प्रयोग गर्दा यसलाई राम्ररी सफा पानीले पखाल्न पर्छ ।
  • चायाबाट बच्न नियमित रूपमा कपाल नुहाउनुका साथै बढी रसायनको प्रयोग गर्नु हुँदैन् । गर्ने परेमा गुणस्तरीय सामानको मात्र प्रयोग गर्नु पर्छ ।
  • कपालको सौन्दर्य बढाउन जहाँ पायो त्यही गएर कपाल रंगाउने वा ब्लीच गर्ने गर्नु हुँदैन ।
  • धेरै नै समस्या भएमा छाला रोग विशेषज्ञसँग सल्लाह गरी औषधि उपचार समेत गर्न सकिन्छ ।

प्रकाशित मिति : असार १६, २०७९ बिहीबार  ७ : १८ बजे