Logo

अर्थ

यस्तो छ आजको तरकारी तथा फलफूल मूल्य



काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य विवरणअनुसार सानो लोकल गोलभेँडा प्रतिकेजी ५० रुपैयाँ रहेको छ । यस्तै, ठूलो भारतिय गोलभेँडा ११० रुपैयाँ रहेको छ । 

रातो आलु मुडेको ३८ रुपैयाँ, सेतो आलु ३८ रुपैयाँ, सुकेको प्याज पनि ३८ रुपैयाँ नै रहेको छ । लोकल बन्दा प्रतिकेजी ४० रुपैयाँ काउली ३०, मुला लोकल ५०, भन्टा १५ रुपैयाँ रहको छ । 

यसैगरी, तनेबोडी २० रुपैयाँ, घिउसिमी ५० रुपैयाँ राजमान ९० रुपैयाँ, चिचिन्डो १५, घिरौला २५, पाकेको फर्सी  ३० रुपैयाँ भिन्डी १५ रुपैयाँ रहेको छ । 

पिँडालु ४० रुपैयाँ रायो साग ६० रुपैयाँ प्रतिकेजी रहेको विकास समितिले विवरणमा दिएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार ०९:५४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।