काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।
आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साहको प्रतिबद्धतापछि आर्थिक विधेयक पारित भएको हो ।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।





















प्रतिक्रिया