Logo

अर्थ

चीनसँगको व्यापार सहजीकरण गरिदिन नवनियुक्त राजदूत श्रेष्ठलाई चेम्बरको आग्रह



काठमाडौं । चीनका लागि नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठसँग नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले भेटवार्ता गरेका छन् । श्रेष्ठसँग भएको भेटवार्तामा नेपाल चीन व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको जनाइएको छ ।

चीनका लागि नवनियुक्त राजदूत श्रेष्ठसँग चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीच भन्सार सहजीकरणमार्फत नेपालको निर्यात बढाउनुपर्नेमा जोड दिए । नेपालबाट कृषि, हस्तकलाका सामान, मूर्तिजन्य वस्तुहरुको निर्यात प्रवद्र्धनका लागि भन्सारमा उच्चस्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताए । ग्वाङझाउ तथा ल्हासास्थित महावाणिज्य दूतावासलाई नेपाल चीन व्यापार सहजीकरणका लागि कृयाशील बनाउनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।

नवनियुक्त राजदूत श्रेष्ठले आफ्नो कार्यकालमा दुई मलुकबीचको आर्थिक र कुटनीतिक सम्वन्धलाई उच्चस्तरमा पुर्याउन आफूले अधिकतम पहल गर्ने बताए । भन्सारमा व्यापार सहजीकरण गरि नेपालमा उत्पादित वस्तुहरुको निर्यातका लागि पहल गर्ने श्रेष्ठको प्रतिबद्धता छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार १३:२९   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।