Logo

अर्थ

साङ्गे विद्युत् कम्पनीले बाेलायाे विशेष साधारणसभा



काठमाडौं । साङ्गे विद्युत कम्पनीले ३० असारमा विशेष साधारणसभा बोलाएको छ । कम्पनीको १४ असारमा  बसेको सञ्चालक समितिको बैठकले विशेषसभा गर्ने निर्णय गरेको हो ।  

सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र हालसम्म संशोधनसहितको एकीकृत प्रबन्धपत्र तथा नियामावली स्वीकृत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेश हुनेछ । सभा भर्चुअल माध्यमबाट आयोजना हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले २२ देखि ३० असारसम्म बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : २० असार २०७९, सोमबार १३:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।