काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य फेरि बढाएको छ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य लिटरमा २ तथा डिजेल तथा मट्टीतेलको मूल्य लिटरमा ९ रुपैयाँ बढाएको हो । हवाइ इन्धन आन्तरिकमा पनि पाँच रुपैयाँ बढाएको छ ।
निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ प्रतिलिटर पर्नेछ।
हवाइ इन्धन आन्तरिकको मूल्य १९० रुपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ।
यसअघि असार ११ गते मात्र आयल निगमले पेट्रोलमा २० रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २९ रुपैयाँ घटाएको थियो ।






















प्रतिक्रिया