Logo

कर्पोरेट फोकस

सनिमा बैंक र अन्नपूर्ण केबलकार बीच समझदारी पत्रमा हस्ताक्षर



सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच २०७९ आषाढ २० गते समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी अन्तर्गत बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारको टिकट किन्दा सानिमा बैंकको Mobile Banking बाट QR code Scan वा QR code Scan मार्फत् रकम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

उक्त समझदारी पत्रमा सानिमा बैंकका तर्फबाट गण्डकी प्रदेश प्रमुख सुदिप कुमार हलवाई र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र १२० वटा ए.टि.एम्. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट-क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्तालाई विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (shopping outlet), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/products/cards/discount-outlets मा उपलब्ध छ ।

प्रकाशित मिति : असार २२, २०७९ बुधबार  १० : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।