Logo

अर्थ

अर्थमन्त्रीले विवाद समाधानमा सहयोगका लागि राजीनामा दिनुपर्छ : धनराज गुरुङ



काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिए बर्खास्त गर्नुपर्ने बताएका छन् । उनले विवादमा तानिएका अर्थमन्त्रीले विवाद समाधानमा सहयोगका लागि राजीनामा दिनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उपसभापति गुरुङले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् । साथै, उनले छानबिन समिति गठन गर्न पनि माग गरेका छन् । सार्वजनिक पदधारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने र जनताले हेर्न पाउनुपर्ने उनले बताएका छन् ।

‘गैरसंवैधानिक कार्य गर्नेहरूका लागि सीसी क्यामरामार्फत् निगरानी गरिन्छ। सार्वजनिक पद धारण गर्ने व्यक्ति विवादमा तानिएपछि सीसी फुटेज सार्वजनिक गर्नुपर्छ। जनताले हेर्न पाउनुपर्छ’, उनले भनेका छन्, ‘१. विवाद समाधानका लागि छानबिन समिति गठन, १. छानबिन समितिलाई सहयोगका लागि राजीनामा, ३. बर्खास्त !’

यसअघि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पनि छानबिनका लागि संसदीय समिति बनाउनपुर्ने माग गरेका थिए भने कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार १२:४१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।