Logo

अर्थ

प्रि-ओपनिङमा साढे ४ अंकले बढ्यो नेप्से



काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबारको प्रि–ओपनिङ सेसनमा नेप्से ४.५५ अंकले बढेर हरियाली छाएको छ । यस अवधिमा १२ कम्पनीको ९६६ कित्ता सेयर ४ लाख ७४ हजार ९७९ रुपैयाँमा खरिद बिक्री भएका छन् ।

शुक्रबार कारोबारमा आएका १२ कम्पनीमध्ये १० कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । प्रि–ओपनिङ सेसनमा २ कम्पनीको सेयरमूल्य घटेको छ ।  कुनै पनि कम्पनीको मूल्य स्थिर रहेको छैन । नेप्से ४.५५ अंकले बढेसँगै सूचक २ हजार ३१ दशमलव ८७ बिन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ११:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।