Logo

अर्थ

कामना सेवा विकास बैंकको ‘केएस डिजिवर्ल्ड’ सार्वजनिक



काठमाडौं । कामना सेवा विकास बैंकले अनलाइन पोर्टल ‘केएस डिजिवर्ल्ड’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकलाई डिजिटल माध्यममार्फत सुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन पोर्टल केएस डिजिवर्ल्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

यो सेवा लागू भएपछि बैंकका ग्राहकले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत अथवा गई एकद्वार प्रणालीमार्फत घरैमा बसी अनलाइन सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

केएस डिजिवल्र्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरो सेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्यूआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवालगायतका सेवाहरू उपलब्ध रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार ११:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।