Logo

स्वास्थ्य

वार्तामा ढिलाई गरेको भन्दै केसी पक्ष असन्तुष्ट, चार बजेसम्म वार्ता नभए आन्दोलन गर्ने चेतावनी



चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ औं पटक अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ताको विषयलाई लिएर डा. केसी पक्षका वार्ता टोली सरकारसँग असन्तुष्टि जनाएका छन् ।

बिहिबार निष्कर्षमा नपुगेको वार्ता आज बस्ने भनिएको थियो । तर सरकार पक्षले वार्तालाई ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

सरकार र डाक्टर केसी पक्षको वार्ता टोलीबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेको थियो तर आज थप वार्ता हुन सकेको छैन । डाक्टर केसी पक्षले दिउँसो ४ बजेसम्म वार्ता नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताएको छ ।

डाक्टर केसीका सहयोगी प्रितम सुवेदीले चार बजेसम्म वार्ता नभए आन्दोलन घोषणा गर्ने जानकारी दिएका छन् ।

२९ भदौदेखि अनशन बसेका डाक्टर केसीलाई श्वासप्रश्वासमा थप कठिनाइ भएको छ भने शरीरमा अक्सिजनको मात्र पनि भएको चिकित्सकहरुले बताएका छन् । निमोनिया हुनसक्ने लक्षणहरु देखिएकाले थप परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : आश्विन २३, २०७७ शुक्रबार  ३ : ०६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।