सोमबार संसद् पुन:स्थापनाको फैसला आए लगत्तै शेयर बजार ओरालो लागेको थियो । देशमा राजनीति अस्थीरता हुने आँकलन गर्दै प्यानीक सेल भएको बजारमा मंगलबार ओलीको बहिर्गमन र शेर बहादुर देउवाको आगमनसँगै शेयर बजारले सकारात्मक चरित्र देखाएको छ ।
मंगलबार शेयर बजार परिसूचक नेप्से १६ दशमलव ३४ अंकले बढेर २८७१ दशमलव ०३ अंकको विन्दुमा बन्द भएको छ । नेप्से बढेसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु बढेका छन् । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक ० दशमलव ८९ प्रतिशतले बढेर ५३९ दशमलव ५२ अंकमा कारोबार बन्द भएको छ ।
मंगलबार दुई सय २३ कम्पनीको ५३ हजार १३९ पटकको व्यापारमा एक करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयरको खरिदविक्री हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
आज नेपाल बंग्लादेशको बैंकको सर्वाधिक तीन हजार ३६७ पटकको व्यापारमा १० लाख ४८ हजार ६०५ कित्ता शेयरको खरिदविक्री हुँदा ४५ करोड ४७ लाख ४७ हजार १८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
दोस्रोमा २३ करोड ३५ लाख ३३ हजार २६८ रुपैयाँको नेपाल लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।
वित्त समूहमा आकर्षित लगानीकर्ताहरुले फाइनान्स समूहमा राम्रो वृद्धि गराएका छन् । सेन्ट्रिल फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक ६ दशमलव ९८ प्रतिशतले कमाएका छन् । दोस्रोमा समृद्धि फाइनान्सको शेयर मूल्य ६ दशमलव ७९ प्रतिशतले बढेको छ ।
मंगलबार सानिमा लार्ज क्याप फन्डका लगानीकर्ताहरुले सर्वाधिक ३ दशमलव ०८ प्रतिशतले घटेको छ ।
राजनीतिक तरङ्गले प्रभावित शेयरबजारमा जिवन बीमा समूहको परिसूचक झिनो अंकले घट्दा बाँकी १३ समूहको परिसूचक सकारात्मक देखिएका छन् । वित्त समूहको परिसूचकमा लगानीकर्ताको आकर्षण देखिदाँ उक्त समूह ४ दशमलव ०३ प्रतिशतले बढेको छ । बाँकी समूहको परिसूचक भने एक प्रतिशत भन्दा थोरैको औषतले घटेको छ ।
मंगलबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ३९ खर्ब ९३ अर्ब ७५ करोड ९४ लाख ४८ हजार ८६० रुपैयाँ कायम भएको छ ।
० दशमलव ५७ प्रतिशतले बढेको बजारमा एक सय ३७ कम्पनीको शेयर मूल्उ बढ्दा ३६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।





















प्रतिक्रिया