Logo

अर्थ

अमेरिकी डलरकाे मूल्य बृद्धि, यस्तो छ आजको मुद्रा बिनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा बृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२८.२६ पैसा रहेको छ ।हिजो सोमबार  डलरमूल्य १२८.११ पैसा नेपाली थियो ।

पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८७.६४ पैसा, क्यानेडियन डलर ९८.८४ पैसा, सिंगापुरे डलर ९१.८६ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३३.९९ पैसा, कतारी रियाल ३४.९१ पैसा रहेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलवार ०९:०१   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।